Sunday, September 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

विराटनगर किंग्सको जर्सी अनावरण, मुख्यमन्त्री कार्कीद्धारा खेलकुदका संरचना बन्ने विश्वास

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ४, २०८१
in खेलकुद, समाचार
0
विराटनगर किंग्सको जर्सी अनावरण, मुख्यमन्त्री कार्कीद्धारा खेलकुदका संरचना बन्ने विश्वास
115
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेपाली क्रिकेटले विश्वव्यापी रूपमा उत्कृष्ट र राम्रो छवि बनाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताएका छन् ।

मंगलबार साँझ विराटनगर किंग्सको जर्सी अनावरण तथा गीत सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले क्रिकेटबाट नेपालको विश्वमा पहिचान बनाउन सफल भएकोमा खुशी व्यक्त गरे ।

उनले खेलाडीसहित प्रशिक्षक र व्यवस्थापक सबै पक्ष नेपालको सफलताको लागि बधाईको हिस्सेदार रहेकोसमेत बताए ।

उनले विराटनगर किंग्स नेपालको सम्राट भएर विश्वमै परिचय दिनेमा विश्वास व्यक्त गरे । खेलकुदको विकासमा आफ्नो क्षमताभित्र रहेर सँधै साथ दिनेसमेत उनले प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री कार्कीले भने, ‘के कस्तो सहयोग गर्नुपर्छ आफ्नो क्षमताभित्र रहेर गर्ने प्रतिबद्धता व्यक्त गर्न पाउँदा मलाई हर्षको अनुभूति भएको छ ।’

नेपालको खेलकुदमा क्रिकेटप्रति चासो बढेको भएपनि सरकारले क्रिकेटको विकासमा यथोचित सहयोग गर्न नसकिरहेको उनले बताए । भने, ‘क्रिकेटका सबै संरचनाहरू बनाउन म सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चहान्छु ।’

उनले कीर्तिपुरको रंगाशाला समयमै पूर्णता पाउने र देशभर नै खेलकुदका संरचना बन्ने विश्वास व्यक्त गरे । उनले क्रिकेटका संरचनाहरू बनाउन कोशी प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा काम गर्ने बताए ।

‘कोशीको सान हाम्रो पहिचान’ भन्ने सन्देशसहित नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व विराटनगर किंग्सले गर्नेछ ।

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका प्रमुख सचिव केदार शर्मा, क्रिकेटर सन्दीप लामिछानेलगायत सहभागी थिए ।

Tags: #खेलकुदक्रिकेटहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

विराटनगर : कोशी प्रदेशका मोरङ, झापा र सुनसरी जिल्लामा एकैदिन भएका १५ वटा सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये...

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार
समाचार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

by माधव पोख्रेल
अशोज १०, २०८३
0

उदयपुर : उदयपुरको कर्णाली भनेर चिनिएको कोशी किनारको गाउँपालिका लिम्चुङबुङले आफ्नो पालिकाका लागि शिक्षामा सीप पाठ्यक्रम मार्ग दर्शन ४—१२ र...

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३
सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात (तस्बिरहरू)

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

अशोज १०, २०८३
क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

अशोज ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.