Wednesday, August 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशीमा एक लाख बढी महिलाको पाठेघरको क्यान्सर सम्बन्धी परीक्षण गर्ने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ६, २०८१
in विविध, समाचार
0
कोशीमा एक लाख बढी महिलाको पाठेघरको क्यान्सर सम्बन्धी परीक्षण गर्ने तयारी
77
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने अभिमुखीकरण दिइएको छ ।

करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले १९ वटै वडामा परीक्षण अभियान सञ्चालन गर्दैछ ।

करुणा फाउण्डेसनले सम्बन्धित पालिकाहरूको नेतृत्वमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेशका चारवटा पालिकामा पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम परियोजना सञ्चालन गर्दैछ ।

सोही परियोजनाअन्तर्गत बिहीबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्षहरु काजीबहादुर बस्नेत, कुमार पोखरेल, वासुबहादुर बस्नेत, मधुबाबु तिवारी, तीर्थेन्द्र नेउपाने, उद्धव भुजेल, श्याम घिमिरेलगायतको उपस्थितिमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

परियोजनाअन्तर्गत विराटनगर महानगरपालिकाका करिब ४७ हजार महिलाहरुको पाठेघरको परीक्षण गरिने फाउण्डेशनकी कार्यक्रम अधिकृत रविना खड्काले जानकारी दिइन् ।

परीक्षणपश्चात पाठेघरमा समस्या देखिएका महिलाहरूको महानगरअन्तर्गतका बैजनाथपुर र रानी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवले बताए ।

परियोजना सफल बनाउन महानगरका १९ वटै वडामा एक सय ३९ जना महिला स्वयंसेविकाहरू परिचालन गरिनेछ । हरेक स्वयंसेविकाले करिब दुई सय जना महिलालाई स्वास्थ्य केन्द्रमा परीक्षण गर्न ल्याउनेछन् ।

स्वयंसेविकाहरूले घर–घरमा पुगेर जनचेतना फैलाउनुका साथै महिलाहरूलाई परीक्षण गर्नका लागि प्रोत्साहन गरेर स्वास्थ्य संस्थामा जान आग्रह गर्नेछन् । महानगरका १९ वटै वडामा सञ्चालित स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको परीक्षण गरिनेछ ।

विराटनगर महानगरसहित कोशी प्रदेशका दुहबी, इनरुवा र धरानमा यो परियोजना सञ्चालन हुनेछ । चारवटै पालिकाको नेतृत्वमा एक लाख सात हजार पाँच सय महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ ।

Tags: करुणा फाउण्डेसनपरीक्षण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
FEATURE BREAKING

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
FEATURE BREAKING

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

ताप्लेजुङ : घरभित्र बिरालोले ल्याएको सर्प निकाल्ने क्रममा ताप्लेजुङमा एक युवतीको ज्यान गएको छ। फुङलिङ नगरपालिका–९ सिद्धिडाँडाकी १९ वर्षीया युना...

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

भदौ २, २०८३
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भदौ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

भदौ २, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

भदौ २, २०८३
३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.