Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर अनावश्यक संरचना कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८१
in समाचार
0
राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर अनावश्यक संरचना कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की
61
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनुपर्ने बताएका छन् ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताएका हुन् ।

उनले एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस्तो रोक्नुपर्ने बताए ।

राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै उनले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउँदै प्रदेश र स्थानीय तहले गर्नसक्ने कामलाई उनीहरूको क्षमताको आधारमा केन्द्रले अ धिकारहरू दिँदै जानुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए ।

जवाफदेही र उत्तरदायित्वको अभावले पनि सुधार गर्न नसकिएको उल्लेख गर्दै एकै दिनमा गर्न सकिने काम पनि लामो समयसम्म रहने प्रवृत्तिको अन्त्य गर्नु जरूरी रहेको उनले बताए ।

प्रशासनिक सुधार र राजश्व उठाउने विषयमा जवाफदेहिता र सहकार्यको मोडलबाट काम गर्न सकिएमा नतिजा आउनसक्ने मुख्यमन्त्री कार्कीले बताए ।

कतिपय अवस्थामा सुधारको लक्षण देखापरे पनि त्यसलाई नजरअन्दाज गरेर नकारात्मक प्रचार गर्ने प्रवृत्तिले पनि समस्या उत्पन्न हुने गरेको चर्चा गर्दै नकारात्मक कुराहरूलाई निरूत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले असल अभ्यासहरूलाई अन्यत्र लैजाँदै ठूलो पुँजीलाई मात्र होइन, साना पुँजीलाई पनि प्रोत्साहन गरेर अगाडि बढ्नुपर्ने बताए । निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्दै तत्काल लोकप्रिय हुने कार्यक्रम भन्दा दीर्घकालीन कार्यक्रमहरू अगाडि सार्नुपर्ने उनले बताए ।

कोशी प्रदेश सरकारका मन्त्री, सचिवहरूको उपस्थितिमा आयोगले छलफल कार्यक्रम गरेको थियो ।

कार्यक्रममा सहभागी भएकाहरूले ऐन नियमहरूलाई सहज र सरल बनाइनुपर्ने, नियमनकारी निकायहरूको भूमिका प्रभावकारी बनाइनुपर्ने, संघीय संरचना अनुसारको अधिकारलाई प्रत्यायोजन गरेर काम गर्नुपर्ने, रोजगारमूलक उद्योगलालाई प्रबद्र्धन गर्नुपर्ने, एकै प्रकृतिका सरकारी कार्यालयहरुलाई तीन तहमा विस्तार गर्न नहुने लगायतका सुझाव दिएका थिए ।

कार्यक्रमलाई आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले सहजीकरण गरेका थिए ।

Tags: कोसी प्रदेशहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म
FEATURE BREAKING

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ। घटनाको...

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा
पर्यावरण

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

विराटनगर : विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई...

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

जेष्ठ २२, २०८३
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1502 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.