इटहरी भूल्के चोकका एक व्यक्तिको शुक्रबार रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको छ ।
इटहरी २ भुल्के चोक स्थायी घर भएका ७८ वर्षीय सुर्य बहादुर कोईरालाको तरहराको पानीपीया जङ्गलमा रुखबाट खसेर मृत्यु भएको प्रहरी चौकी देविथानका प्रहरी नायब निरिक्षक खम्ब बहादुर बिश्वकर्माले जानकारी दिएका छन् ।
शुक्रबार करिब ३ बजे तिर घरबाट हर्रो टिप्न भनि हिडेका कोइरालाको घटनास्थलमै मृत्यु भएको हो ।
उनको शबलाई पोस्टमार्टमको लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।















Discussion about this post