आज मुलुकभर पानी परिरहेकाले बाढी, पहिरो र डुबानको जोखिम देखिएको छ ।
विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।
धेरै ठाउँमा ठूलो पानी परेकाले साना नदीमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
मनसुन न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले मौसम सामान्यतया बदली भई धेरै स्थानमा पानी पर्ने बाढी पहिरो र डुबानको सम्भावना रहेको जनाइएको छ ।
विभागले अहिले बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जनाएको छ ।
धेरै स्थानमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।
बागमती गण्डकी प्रदेश , प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले भारी वर्षा हुने स्थानमा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।















Discussion about this post