Thursday, October 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानबाट गाँजासहित बरामद गरिएको स्कारपिओमा नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरेको पुष्टि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २०, २०८१
in टाकुरा विशेष, समाचार
0
धरानबाट गाँजासहित बरामद गरिएको स्कारपिओमा नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरेको पुष्टि
177
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा गाँजासहित पक्राउ परेका सरकारी नम्बर प्लेट प्रयोग गरिएका गाडीहरू नक्कली रहेको पुष्टि भएको छ । सेतो नम्बर प्लेटका गाडी नम्बर र इञ्जिन नम्बर यातायात कार्यालयमा दर्ता नभएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

सरकारी नम्बर प्लेट भएका दुईवटा स्कारपिओबाट ६९० केजी गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उक्त गाडीहरू यातायात व्यवस्था विभागमा दर्ता नभएको रसरकारी गाडी नभई नक्कली नम्बर प्लेट बनाएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाका अनुसार नम्बर कीर्ते गरेको खुलेको हो ।

‘ती गाडी सरकारी नभई नक्कली नम्बर प्लेट बनाएर प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ तिमल्सिनाले भने, ‘यातायात कार्यालयबाट प्राप्त विवरणअनुसार हालसम्म कतै पनि दर्ता भएको पाइएन ।’

उनका अनुसार सरकारी नम्बर प्लेट भएका गाडीको च्याचिस नम्बर र इञ्जिन नम्बर अनुसन्धान गर्दा कहीँ पनि दर्ता भएको छैन । ‘इञ्जिन र च्याचिस नम्बर नमिलेको र हालसम्म दर्ता पनि नभएको पाइएको छ,’ डीएसपी तिमल्सिना भन्छन्, ‘कहाँ दर्ता भइरहेको भन्ने अनुसन्धान भइरहेको छ ।’

धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद गरिएको र घटनामा एकजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा रहेका छन् । विश्वकर्मा बा १ झ ४६०५ नम्बरको स्कारपिओ चालक हुन् ।

बा १ झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राईफलबाट ४ राउण्ड फायर गरेको थियो ।

प्रहरीको अनुसन्धानअनुसार बा १ झ ४६०५ नम्बरको कीर्ते अंकित भएको गाडीको च्यासिस नम्बर इइ१०००००९००० र इञ्जिन नम्बर २इ२८९४१५५ रहेको छ ।

तर, उक्त नम्बर भएका गाडीहरू कुनै कार्यालयका सरकारी गाडी नरहेको र यातायात नम्बरमा पनि नमिलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यसैगरी बा १ झ ५१२७को कीर्ते नम्बर रहेको गाडीको च्याचिस नम्बर जे.डब्लु.बी.ए.ए बी १४२०३११००६ नम्बर र इञ्जिन नम्बर जीए १३६३०२४८ बी रहेको छ । उक्त गाडी पनि कहीँ दर्ता नभएको खुलेको छ ।

सो गाडीका चालक भने फरार रहेकाले प्रहरीले विशेष सुरक्षा समिति परिचालन गरी खोजी गरिरहेको छ ।

Tags: #धरानअपराधगाँजा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहेँलपुर धान
विविध

पहेँलपुर धान

by टाकुरा न्यूज । इटहरी
कार्तिक १२, २०८३
0

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९, लेखर्क क्षेत्रका स्थानीयको खेतमा पहेँलपुर भएर पाकेको धानबाली । तस्बिरः युवराज विष्ट/रासस

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी
FEATURE BREAKING

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

by टाकुरा न्यूज । इटहरी
कार्तिक १२, २०८३
0

इटहरी : दुर्घटनामा मृत्यु भएका व्यक्तिलाई आफ्नै छोरा ठानेर अन्त्येष्टि गरेको मोरङको लेटाङस्थित एक परिवारले बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको खुलेपछि...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका सामान बरामद

कार्तिक १२, २०८३
जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

कार्तिक १२, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व चुनौतीपूर्ण, क्षति न्यूनीकरणका उपाय खोजिँदै

कार्तिक १२, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा १० हजारभन्दा बढी लागूऔषधका क्याप्सुल र ट्याब्लेटसहित तीन जना पक्राउ

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहेँलपुर धान

पहेँलपुर धान

कार्तिक १२, २०८३
मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

मोरङमा मृत ठानिएका व्यक्ति जीवितै फर्किएपछि अन्त्येष्टि गरिएको शवको पहिचान खोज्दै प्रहरी

कार्तिक १२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका सामान बरामद

कार्तिक १२, २०८३
जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

जन्मदिन मनाएर फर्कने क्रममा विराटनगरमा दुर्घटना, पोखरेलको मृत्यु

कार्तिक १२, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    337 shares
    Share 135 Tweet 84
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.