इटहरी : इटहरी उपमहानगरपालिका–८ गैसारबाट लागूऔषधका १० हजारभन्दा बढी क्याप्सुल र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीको टोलीले बुधबार राति ९ बजे गैसारस्थित अभिषेक चौधरीको डेराकोठामा खानतलासी गर्दा लागूऔषध ट्रामोलका पाँच हजार २७० क्याप्सुल र डाइसाइक्लोमाइनका पाँच हजार ५१० ट्याब्लेट बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरीले कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारेको जनाएको छ ।
प्रहरीले लागूऔषधसहित इटहरी–८ का १८ वर्षीय अभिषेक चौधरी, १८ वर्षीय युगल सुन्दास र १५ वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post