Monday, September 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा ‘महानगर रोजगार मेला’ : एक सय ६१ जनालाई रोजगारीको अवसर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २, २०८१
in समाचार
0
विराटनगरमा ‘महानगर रोजगार मेला’ : एक सय ६१ जनालाई रोजगारीको अवसर
102
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’ सम्पन्न भएको छ ।

विराटनगर–७ स्थित इको पार्कमा सोमबार सुरू भएको मेला मंगलबार सम्पन्न भएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा तीन हजार पाँच सय जनाले प्रत्यक्ष अवलोकन गरेका छन् ।

त्यस्तै, तीन सय १९ वटा आवश्यकता माग भएको छ । जसमा एक सय ६१ जनालाई रोजगारदाताले अन्तरवार्ताका लागि बोलाएका छन् ।

उनीहरूलाई सम्बन्धित कम्पनीले प्रक्रिया पूरा गरेर काममा लगाउनेछ । रोजगार शाखाका कपिल थापाका अनुसार १२ जनाले काम पाइसकेका छन् । उनीहरूले मंगलबारदेखि नै सम्बन्धित कम्पनीमा गएर काम सुरू गरिसकेको थापाले जानकारी दिए ।

मेलाको समापनमा मेयर नागेश कोइरालाले महानगर रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवाहरूका लागि अवसर सिर्जना गरेको बताए ।

उनले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिए ।

महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ ।

समापनका अवसरमा रोजगारदाताहरूलाई कदरपत्रसमेत प्रदान गरिएको थियो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले मेलामा स्टल राख्ने सबैलाई कदरपत्रले सम्मान गरे ।

कार्यक्रममा स्वीस कन्ट्रयाकका कन्ट्री डाइरेक्टर सञ्जय कार्की, आसमान नेपालका गणेश दाहाल, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले महानगरले रोजगार मेला आयोजना गरेर प्रशंसनीय कार्य गरेको बताएका थिए ।

यसअघि गत वर्ष आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवाले रोजगारी पाएका थिए ।

यस वर्षको मेलामा सबैभन्दा बढी ‘स्टाप नर्स’को माग आएको महानगरको रोजगार शाखाका थापाले जानकारी दिए ।

नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट एक सयभन्दा बढी ‘स्टाप नर्स’को माग आएको थापाले बताए ।

उनका अनुसार ‘स्टाप नर्स’पछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ ।

यो पनि – विराटनगरमा ‘महानगर रोजगार मेला’ सुरू, सबैभन्दा बढी ‘स्टाप नर्स’को माग

Tags: #विराटनगररोजगार मेलाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
समाचार

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
समाचार

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा हावाहुरीले रुखको हाँगा भाँचिँदा लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु–६...

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

अशोज ५, २०८३
तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

अशोज ५, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

अशोज ५, २०८३
कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

अशोज ५, २०८३
तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    520 shares
    Share 208 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    304 shares
    Share 122 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.