गएको २४ घण्टामा प्रदेश १ मा थप आज १०३ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितहरू मध्यो ६९ जना पुरूष र ३४ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ को नियमित अपडेटमा उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार आज प्रदेश न १ को सबै भन्दा बढि मोरङमा ९२ जना, खोटाङ्गमा ६ जना, सुनसरीको इटहरीमा १ जना दुहविमा १ जना, इलाममा १ जना र यस्तै, बारामा १ जना र सिरहामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरि आजसम्मको अपडेट अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।















Discussion about this post