Wednesday, August 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भेडेटारमा गोली फायर गरी गाँजा बोकेको पाँच वटा मोटरसाइकलसहित ६ जना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २५, २०८१
in समाचार
0
भेडेटारमा गोली फायर गरी गाँजा बोकेको पाँच वटा मोटरसाइकलसहित ६ जना पक्राउ
575
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धनकुटाको साँगुरीगढी गाउँपालिका ९ स्थितबाट प्रहरीले गोली फायर गरी लागूऔषध गाँजा बोकेको पाँच वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, एसएसपी भीमबहादुर दाहालका अनुसार लागूऔषध गाँजा बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी ९ स्थित कच्ची सडकखण्डमा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो ।

एकैसाथ आउँदै गरेको पाँच वटा मोटरसाइकल रोक्ने क्रममा मोटरसाइकलमा सवार रहेका व्यक्तिहरूले प्रहरी टोलीमाथि नै हातपात तथा ढुंगामुडा प्रहार गरेपश्चात प्रहरीले गोली फायर गरेको दाहालले जानकारी दिए ।

उनका अनुसार प्रहरीले एसएलआर राईफलबाट एक राउण्ड हवाई फायर गरी ओसारपसारमा संलग्न रहेका ६ जनालाई नियन्त्रणमा लिएको हो ।

गाँजा तस्करीमा संलग्नहरूले मोटरसाइकलमा बोकेको एक सय २० किलोग्राम गाँजासहित ५ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको एसएसपी दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमि गाँउपालिका १ का ३४ वर्षीय नकुल राई, २१ वर्षीय ओमप्रकाश राई, साँगुरीगढी ८ का २८ वर्षीय मंगल कुमार राई, २९ वर्षीय विशन राई, २६ वर्षीय थामबहादुर राई र २१ वर्षीय सुमन राई रहेका छन् ।

उनीहरूले प्रयोग गरेको को ३८ प ३५२२, प्रदेश १–०२–०५३ प ९६६३, प्रदेश १–०२–०५३ प ८६१७, प्रदेश १–०२–०४३ प ९५९६ र को १४ प ७७५० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

गाँजासहित पक्राउ ६ जनामाथि नै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Tags: #पक्राउगाँजाभेडेटार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १९, २०८३
0

मोरङ : मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सोमबार राति करिब...

विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)
भिजिट नेपाल

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

by रासस
साउन १९, २०८३
0

विराटनगर : मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय...

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

साउन १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

साउन १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

साउन १९, २०८३
विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

साउन १९, २०८३
बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.