इटहरी : लायन्स क्लब डिस्टिक ३२५सि ग्याट एरिया ४ का स्थायी परियोजना संयोजक भूपराज पुरीले इटहरी १९ मा रहेको बालविकास केन्द्रमा धारा निर्माण गरिदिएका छन् ।
लायन्सका जन्मदाता मेल्विन जोन्सको १४६ औँ जन्मोत्सवको अवसर पारेर सोमबार ग्रामीण समाज (रस्डेक) बालविकास केन्द्रमा धारा जडान गरिएको हो ।
धारा जडानसँगै बालविकास केन्द्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो। शैक्षिक सामग्री अन्तरगत स्वीटर, कापी र पेन्सिल हस्तान्तरण गरिएको थियो ।
यसैगरी सोही स्थानमा रहेका २४ जना जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । ८० वर्ष नाघेका र ९७ वर्ष उमेरसमूहसम्मका जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा उनै पुरीले व्यक्तिगत लगानीमा सो कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्टिक ३२५ सी का डिस्ट्रिक गभर्नर विकास अधिकारी, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, डिस्टिकका कोषाध्यक्ष रमेश खत्री, ग्याट एरिया चिफ थानेश्वर नेल्सन ढकाल, एरिया कोअर्डिनेटर दुर्गाप्रसाद पौडेल, रिजन चेयर पर्सन मुक्तिनाथ घिमिरे लगायतले शैक्षिक सामग्री वितरण र सम्मान गरेका थिए ।
‘करिब ८० हजार लागतमा मैले व्यक्तिगत लगानीमा उक्त कार्य गरेको हुँ,’ पुरीले भने, ‘स्थायी कार्यक्रम गर्ने जिम्मा मलाई दिएकाले सोहीअनुसार कार्यक्रम आयोजना गरिएको हो ।’














Discussion about this post