धरान : धरान एक्स्पो–२०८१ मा ग्राहकहरूको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ।
विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भीड लाग्ने गरेको छ।
स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा किनमेल गर्न आउनेहरूको चाप बढी छ ।
जसले एक्स्पोमा झन् उत्साह थपेको छ । उनका अनुसार अफरहरूको कारणले ग्राहकहरूलाई आकर्षित गर्न सजिलो भएको छ । र, यसले एक्स्पोको माहोललाई झन् उत्सवमय बनाएको बरालले बताए ।
एक्स्पोमा रहेको ब्रान्ड क्यालिबर सुजको स्टलमा भने विशेष अफरले सबैको ध्यान खिचेको छ। यहाँ एक हजार रुपैयाँदेखि दुई हजार रुपैयासम्म जुत्ता किन्न पाइन्छ ।
स्टक क्लियरेन्सको उद्देश्यले राखिएको यो अफर सीमित समयका लागि भएकाले ग्राहकहरू उत्साहित छन् । क्यालिबरका प्रतिनिधिले यो अफरले ग्राहकहरूको अपेक्षालाई पूरा गर्दै गुणस्तरीय जुत्ता कम मूल्यमा उपलब्ध गराएको बताए।
सङ्खुवासभाको शुद्ध सख्खरको स्टलमा पनि ग्राहकहरूको उल्लेखनीय चहलपहल देखिन्छ ।
यहाँ जैविक उत्पादन रुचाउने ग्राहकहरूको उत्साहले स्टललाई व्यस्त बनाएको छ । त्यस्तै, सुपर जुमको साबुज सरफमा पनि बम्पर अफरको कारणले ग्राहकहरू आकर्षित भएका छन् । स्टलहरूमा उपलब्ध अफर र उत्पादनको गुणस्तरका कारण धेरैले आफ्नो आवश्यकता अनुसार सामान किन्न पाएको अनुभव बाँडेका छन् ।
ग्राहकहरूका लागि यो एक्स्पो एउटा विशेष अवसर बनेको छ। विभिन्न उत्पादनमा राखिएका अफरहरूले मात्र होइन, स्टलहरूमा प्रदर्शन गरिएका उत्पादनहरूको विविधताले पनि उनीहरूलाई उत्साहित बनाएको छ ।
बाहिरी बजारभन्दा सस्तो मूल्यमा गुणस्तरीय सामान किन्न पाउँदा ग्राहकहरू सन्तुष्ट छन्।
पुष २५ गतेदेखि सुरु भएको यो एक्स्पो माघ ५ गतेसम्म चल्नेछ। एक सय ४२ वटा स्टलमा नेपाल, भारत, बंगलादेश, र पाकिस्तानका उत्पादनहरू प्रदर्शनमा छन्।
आयोजकका अनुसार, यसपटक एक्स्पोमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
स्थानीय उत्पादन प्रवर्द्धन गर्न र ग्राहकलाई सबै सेवा तथा सामान एकै ठाउँमा उपलब्ध गराउन यो एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ ।














Discussion about this post