मोरङ : मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित रमितेबाट धोबेनी बजारतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प ३६१२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मिक्लाजुङ–३ का ३४ वर्षीय प्रदीप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post