इटहरी : इटहरीमा रहेको भ्वाइस अफ चिल्ड्रेनमा लायन्स र लियो क्लब अफ इटहरी सिटीले माया आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
इटहरी ५ मा रहेको भ्वाइस अफ चिल्ड्रेनमा लियो क्लब अफ इटहरी सिटीका अध्यक्ष अमरदीप पौडेल, लियो जिल्ला परिषद् ३२५ सी का उपाध्यक्ष प्रवेश बास्ताकोटी, रिजन–२ चेयरपर्सन कृष्ण थापा, भ्वाइस अफ चिल्ड्रेनका समन्वयकर्ता भरत थापा, रोटरीका मौसम कोइरालालगायतको उपस्थितिमा माया आदानप्रदान गरिएको हो ।
कार्यक्रममा उक्त संस्थाका बालबालिकाहरूलाई शैक्षिक सामाग्री प्रदान गरियो । जसमा कापी, कलम, जुत्ता, टोपीलगायतका सामाग्री वितरण गरिएको थियो ।
संस्थामा आवद्ध बालबालिकाहरूले आफ्नो जीवनका अनुभव र आत्मकथा प्रस्तुत गरे । उक्त कार्यक्रमलाई महेश पौडेल र दीपक खड्कालगायतले सहयोग गरेका थिए ।














Discussion about this post