उदयपुर : उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ ।
बेलका नगरपालिका–८, बोप्ताङ डाँडाबाट सोलो प्याराग्लाइडिङ उडान गरेका ७२ वर्षीय काजी ताकासीको दुर्घटनामा परी मृत्यु भएको हो । उनी जापानी नागरिक रहेको पुष्टि भएको छ ।
बुधबार साँझ उडान भरेका ताकासी सप्तकोसी नदी नजिकै रहेको फुटबल मैदानमा खसेर गम्भीर घाइते भएका थिए।
उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि उपचारको क्रममा निधन भएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
ताकासीले बेलका नगरपालिकास्थित फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कूलको टेकअफ ल्यान्डबाट उडान भरेका थिए ।














Discussion about this post