Wednesday, April 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

कोशी प्रदेश प्रिमियर लिग : सम्राट स्पोर्टिङ र धाइजन चारआली शीर्ष स्थानमा 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २९, २०८१
in खेलकुद, समाचार
0
कोशी प्रदेश प्रिमियर लिग : सम्राट स्पोर्टिङ र धाइजन चारआली शीर्ष स्थानमा 
69
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा मोरङको सम्राट स्पोर्टिङ क्लब र धाइजन चारआली फुटबल क्लब विजयी हुँदै आ–आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएका छन् ।

मंगलबार धरान रंगशालामा भएको पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुर लाई ५–१ ले पराजित गर्दै सम्राट स्पोर्टिङ क्लब मोरङ तीन अंकसहित समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

सम्राट स्पोर्टिङका लागि हरि खवासले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमा १ गोल र दोस्रो हाफाम २ गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार प्राप्त गरे ।

यस्तै, डेबिट मगर र अंकित लिम्बूले थप गोल गर्दै सम्राट स्पोर्टिङलाई ५–१ को फराकिलो जित दिलाए । भोजपुरका लागि सुशन तामाङले शान्तवना गोल फर्काएका थिए ।

समान तीन अंक भएको गाइघाट फुटबल क्लब गोल संख्याको आधारमा दोस्रो स्थानमा रहेको छ । समूह विजेताको टुंगो लगाउन बुधबार सम्राट स्पोर्टिङ र गाइघाट बीच समूह बी को अन्तिम खेल हुनेछ ।

भोजपुर भने लिगको दुवै खेलमा पराजित हुँदै घर फर्किएको छ ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा धनकुटाको देउराली युथ क्लबलाई ३–० ले पराजित गर्दै झापाको धाइजन चारआली फुटबल क्लब तीन अंकसहित समूह सीको शीर्ष स्थानमा रहन सफल भएको छ ।

धाइजनका लागि सागर रसाइलीले २ गोल गरेका थिए भने निश्चल बस्नेतले १ गोल थपेका थिए ।

सागर रसाइली खेलको म्यान अफ द म्याच समेत घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।

बुधबार समूह डी अन्तर्गत ताप्लेजुङको प्रगतिशील युथ क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल हुने र समूह बी अन्तर्गत उदयपुरको गाइघाट फुटबल क्लब र मोरङको सम्राट स्पोर्टिङ क्लब बीच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागीता रहेको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिए ।

११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूलाई चार समूहमा विभाजन गरिएको छ । समूह विजेताहरूले लिगको उपाधिका लागि पुनः खेल्नेछन् ।

लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् ।

लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Tags: #खेलकुदप्रिमियर लिग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की
FEATURE BREAKING

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

विराटनगर : जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको...

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार
समाचार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

इटहरी : शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा...

खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३
विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३
विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

बैशाख १६, २०८३
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1476 shares
    Share 590 Tweet 369
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    645 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.