सङ्खुवासभाको खाँदवारीको हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसनबाट स्वास्थ्य सामाग्री चोरी भएको छ ।
अस्पताल प्रशासनका अनुसार आइसोलेसनमा प्रयोगका लागि राखिएका सामाग्री गए राति तोडफोड गरेर चोरी भएको हो ।
करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्याम झाले बताए छन्।
उनका अनुसार ७० थान पिसपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडर लगायतका सामाग्री चोरी भएको हो ।
। घटनाको थप विवरण आउन बाँकी छ र। यस विषयमा प्रहरीले चोरी र तोडफोडमा संलग्नहरुको खोजी कार्य भइरहेको छ ।















Discussion about this post