इटहरी : सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अन्तर्गत दोस्रो दिन शुक्रबार सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको हो ।
दुहवीको सरस्वती माध्यमिक विद्यालय र गढीको पनि सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र नेतृत्व टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको हो ।
दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आइन्दा त्रुटि नगर्न सचेत समेत गरिएको प्रजिअ मिश्रले जानकारी दिए ।
परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको प्रजिअ मिश्रले बताए ।
सुनसरीका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी छन् ।














Discussion about this post