Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

टि–२० क्रिकेट प्रतियोगिता : मोरङ र आयोजक मिल्स क्रिकेट विजय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १३, २०८१
in खेलकुद, समाचार
0
टि–२० क्रिकेट प्रतियोगिता : मोरङ र आयोजक मिल्स क्रिकेट विजय
69
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरमा मंगलबारबाट सुरू भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी विजय भएको छ ।

विराटनगरको गिरिजाप्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर जिल्लालाई ५० रनले र आयोजकले सुनसरीलाई ६ विकेटले हराउँदै विजयी भएको हो । जितसँगै मोरङ र आयोजकले समान २–२ अंक जोडेको छ ।

दोस्रो दिनको पहिलो खेलमा मोरङले दिएको एक सय २० रनको विजय लक्ष्य पछ्याएको उदयपुरले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो ।

उदयपुरका पर्वत राईले १९ बलमा १५ रन, नवराज सिग्देलले ९ बलमा ११ रन बनाए भने निराजन तिवारीले २१ बलमा १० रनको योगदान दिए । उदयपुरका अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन ।

मोरङका मिनाशा थापाले कसिलो बलिङ गरे । उनले ४ ओभरमा ७ रन बनाएर ४ विकेट लिए । उनी खेलको प्लयेर अफ म्याच घोषित भएर नगद २ हजार पाँच सय पाए । अमर यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेकोे मोरङले १९.६ ओभरमा सबै विकेट गुमाइ ११९ रनको लक्ष्य लिएको थियो ।

मोरङका दीपक पासवानले सर्वाधिक रन बनाए । उनले २७ बलमा ४ चौका प्रहार गरे । सन्तोष चौधरीले २१ बलमा १८ रनको योगदान दिए । अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन ।

उदयपुरका तेज आचार्य र नवराज सिग्देलले समान ३–३ विकेट लिए । तेजले ४ ओभरमा १८ रन खर्चिए भने नवराजले ३ ओभरमा ३३ रन खर्चिए ।

सोही दिन भएको दोस्रो खेलमा सुनसरीले दिएको ११८ रनको लक्ष्य निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा आयोजकले पूरा गर्यो ।

आयोजकको जितमा निरु मुखियाले सर्वाधिक रन बनाए । उनले २९ बलमा ३६ रन बनाए । निरुले १ छक्का १ चौका प्रहार गरे । मुकुन्द यादवले अविजित २५ बलमा २५ रन पारी खेल्दा जशक खड्काले अविजित २३ बलमा १५ रनको योगदान दिए ।

सुनसरीका बलर हार्दिक, गौरव कटुवाल, सिरयान यादवले समान १–१ विकेट लिए ।

यसअघि सुनसरीले १९ दशमलप ६ बलमा सबै विकेट गुमाइ ११७ रनमा सिमित भएको थियो । जसमा सोनु मण्डलले ३६ बलमा ३४ रन र रितेस रोयले २० बलमा २८ रन बनाए । सुनसरीका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन ।

आयोजकका अलराउन्डर खेलाडी जोशक खड्काको कसिलो बलिङ सामु सुनसरीका खेलाडी क्रिजमा टिक्न सकेनन ।

उनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । आयोजकका जोशक खड्का प्यलेर अफ द म्याच घोषित भए । उनले नगद २ हजार पाँच सय पाए । त्यसैगरी विधान गोस्वामीले ३ ओभरमा ४१ रन खर्चर ३ विकेट लिए । प्रशान्त साह र कृष्णले समान १–१ विकेट लिए ।

बिहीबारको पहिलो खेल मोरङ र इलामबीच हुने छ भने सोही दिन हुने दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुनेछ ।

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।

Tags: #खेलकुदक्रिकेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने
FEATURE BREAKING

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८३
0

विराटनगर : कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष विभिन्न...

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने
विविध

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

by रासस
साउन २६, २०८३
0

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ ।...

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३
प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

साउन २६, २०८३
सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३
रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    443 shares
    Share 177 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.