दमक : झापाको दमकमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।
शनिबार (आज) बिहान आफ्नै घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दमक ५ स्थित दिपिनी मार्गका ८१ वर्षीय टेकबहादुर गुरुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी आफ्नै तीन तले घरको छतबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post