Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने सुनिश्चित

पूर्व मुख्यमन्त्रीहरूसँग छलफल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १८, २०८१
in टाकुरा विशेष, समाचार
0
कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने सुनिश्चित
99
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आगामी वैशाख १८ र १९ गते कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने सुनिश्चित भएपछि प्रदेशका पूर्व मुख्यमन्त्रीहरूसँग छलफल सुरू गरेको छ ।

गत माघ महिनामा लगानी सम्मेलन गर्ने गरी तयारी गरेको प्रदेश सरकारको लगानी सम्मेलन प्राविधिक कारणले पछि सरेको थियो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार पूर्व मुख्यमन्त्रीहरूसँग कोशी प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन, यसको सम्भावना, अवसर र चुनौतीका विषयमा छलफल गरे ।

प्रदेश सरकारका पूर्व मुख्यमन्त्री भीम आचार्य, उद्धव थापा लगायतको छलफलमा सहभागिता रहेको थियो । प्रदेश सरकारका मन्त्री, सचिव समेत सहभागी भएको सो छलफलमा पूर्व मुख्यमन्त्रीहरूले लगानी सम्मेलनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई अघि बढाउन कठिनाइ भइरहे पनि भविष्यको सुन्दर यात्रा तय गर्न र प्रदेशलाई लगानी मैत्री बनाउनका लागि लगानी सम्मेलन गर्न लागिएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले पहिलोपटक लगानी सम्मेलन भएकाले यसमा देखिएका समस्यालाई सम्बोधन गर्दै अगाडि बढ्ने बताए ।

आफ्नो बाटो आफैँ तय गर्दै अघि बढ्नुपर्ने बाध्यतामा प्रदेश सरकार रहेको र यो लगानी सम्मेलनको माध्यमबाट प्रदेशको यात्रा तयार गरेर अघि बढ्ने स्पष्ट पारे ।

पूर्व मुख्यमन्त्री थापाले प्रदेशको प्रदेशको ऐन कानुन र संघीय कानुनहरू संशोधन गरेर लगानीकर्तालाई सहज वातावरण सिर्जना गर्न जोड दिए ।

उनले संघीय सरकारसँग समन्वय गरेर जटिल प्रकृतिका ऐनहरू सुधार गर्न ध्यान दिनुपर्ने बताए । प्रदेश सरकारले संघीय सरकारसँग पहल गरेर कतिपय कुराहरू छुट दिन सकिन्छ भने त्यसतर्फ पनि लाग्नुपर्ने बताए ।

पूर्व मुख्यमन्त्री आचार्यले नयाँ र सिर्जनात्मक परियोजनाहरू तयार गरी लगानी सम्मेलनमा अगाडि बढाउनुपर्ने बताए । उनले पानी, वन र खानीसँग जोडिएका आयोजनाहरूलाई सञ्चालन गर्न सके आर्थिक लाभ लिन सकिनेमा जोड दिए ।

लगानीकर्तालाई सरलीकृत वातावरण सिर्जना गर्ने र सुशासनतर्फ पनि ध्यान दिने हो भने प्रदेशमा धेरै लगानी भित्र्याउन सकिने उनले बताए ।

उत्पादन र रोजगारसँग जोडिएका परियोजना अगाडि बढाएर जानुपर्नेमा जोड दिँदै उनले यसका लागि प्रदेश सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२०८२ वैशाख १८ र १९ गते हुने लगानी सम्मेलनका लागि प्रदेश सरकारले करिब एक खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको छ ।

कृषि, उद्योग, पर्यटन पूर्वाधार, ऊर्जा, सूचना प्रविधि र फोहोर मैला व्यवस्थापन गरेर करिब एक खर्ब ३९ अर्बको परियोजना प्रदेश सरकारले सोकेसिङ गर्ने तयारी गरेको छ ।

कृषिमा र उद्योगमा नौ/नौ वटा, पर्यटनमा १५ वटा, पूर्वाधारमा १४ वटा, ऊर्जामा तीनवटा, सूचना प्रविधिमा दुईवटा, र फोहोर मैला व्यवस्थापनमा दुईवटा गरेर ५४ वटा परियोजनालाई छलफलको लागि अगाडि बढाइएको लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए ।

सबैभन्दा बढी ६५ अर्ब ४० करोडको उद्योग, त्यस्तै ३५ अर्ब ९७ करोडको पर्यटन क्षेत्रका लगानीका परियोजना लगानी सम्मेलनमा लैजान लागिएको छ। प्रदेश सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ल्याउनेगरी तयारीसमेत अन्तिम चरणमा पुर्याएको छ।

सरकारले आफ्ना १२ वटा ऐन संशोधन गर्ने र दुईवटा नयाँ ऐन संसदमार्फत अगाडि बढाउनेगरी काम गरिरहेकोसमेत छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

Tags: कोसी प्रदेशछलफलटाकुरा विशेषलगानी सम्मेलन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.