सुनसरी जिल्लामा थप भदौ १४ गते राति १२ बजे सम्म निषेध क्षेत्र घोषणा गरिएको छ ।
सङ्क्रमण तिव्र मात्रमा वृद्धि हुन थालेपछि यस जिल्ला साथै छिमेकी जिल्ला र अन्तराट्रिय सीमा निषेध गर्ने प्रमुख जिल्ला अधिकारीले बताएका छन्

निषेध गरिएको समयमा अत्यावश्यक काम बाहेक मानिसको हिडडुल तथा आवत जावत बन्द गरिएको छ ।
आज जिल्लाको डिसिसिएमसीको बैठकले भदौ १४ गते मध्यराती १२ बजेसम्म सुनसरीलाई निषेधित क्षेत्र तोकिएको हो । यसअघि थप भएको समयावधि आज राती १२ बजे सकिने भएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले थप ७ दिनको समयावधि थपेको हो ।
प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार भदौ १४ गते मध्यराती १२ बजेसम्म सुनसरीभरि अत्यावश्यक सेवा र कामबाहेक हिडडुल गर्न, व्यापार, व्यवसाय सञ्चालन गर्न रोक लगाइएको हो ।
प्रजिअ पोखरेलले प्रशासनले आफ्नो ठाउँबाट सक्दो मानिसहरुको आवतजावतलाई रोक्ने प्रयास भइरहेको बताएका छन् ।















Discussion about this post