Sunday, August 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा एमालेको ‘जरा अभियान’ समापन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८२
in समाचार
0
सुनसरीमा एमालेको ‘जरा अभियान’ समापन
113
SHARES
Share on FacebookShare on Twitter

इनरुवा : नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले चलाएको जरा केन्द्रित अभियान शुक्रबार समापन गरिएको छ ।

वडा कमिटी अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षता र उपाध्यक्ष लालबहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भीम आचार्य प्रमुख अतिथिको रूपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले युवा लक्षित बजेट निर्माणमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले देशभित्रै रोजगारी सृजना गर्नुपर्ने आवश्यकता औंल्याउँदै वैदेशिक पलायन रोक्न त्यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

जेष्ठ नागरिकप्रति सम्मान र सहयोगलाई निरन्तरता दिने पार्टीको प्रतिबद्धता दोहोर्याउँदै उनले इनरुवा–दुहबी सडकलाई प्रदेशको गौरवको आयोजनाका रूपमा चार लेनमा विस्तार गर्न आफू प्रदेश सरकारसँग लगातार संवादमा रहेको बताए ।

जिल्ला इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य जगदीश कुशियतले इनरुवा–५ मा जरा केन्द्रित अभियानले आफ्नो मूल उद्देश्य पूरा गरेको महसुस व्यक्त गरे।

लोकतान्त्रिक व्यवस्था मजबुत पार्न एमाले निरन्तर जनतासँग जोडिँदै आएको उनको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्यहरू नीरा खनाल, लोकेश निरौला, रामप्रसाद मेहेता, कालुराम गुरुङ, राजकुमार दङ्गाल, सुनसरी जिल्ला कार्यवाहक अध्यक्ष पर्शुराम यादव लगायत नगरभित्रका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

कार्यक्रममा १०५ वर्षीया कृष्णमाया देवी कोइराला लगायत वडाभित्रका ८० वर्षभन्दा माथिका ६८ जना जेष्ठ नागरिकहरूलाई सम्मानसमेत गरियो ।

जरा अभियानका प्रमुख अभियन्ता तथा प्रदेश कमिटी सदस्य निरौलाले इनरुवा–५ बलाह क्षेत्र शिक्षित जनसमुदाय र कम्युनिस्ट आन्दोलनको उर्वर भूमि रहेको उल्लेख गर्दै अभियान अन्तर्गत टोल टोलमा कमिटी निर्माण, सत प्रतिशत सदस्यता नवीकरण र उत्साहजनक नयाँ सदस्यता विस्तार भएको जानकारी दिए ।

जरा अभियान २०७९ फागुन २४ गते अभिमुखीकरण तथा सदस्यता नविकरण कार्यक्रमबाट सुरू गरिएको थियो । सो दिन ९२ वर्षीय भवानीप्रसाद पोखरेलले सदस्यता नवीकरण गर्दै अभियान प्रारम्भ भएको थियो।

Tags: #सुनसरीनेकपा एमालेराजनीतिलोकेश निरौला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित
FEATURE BREAKING

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि प्रभावित बनेको सुनसरीको जनजीवन सात दिनपछि विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ।...

एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने
FEATURE BREAKING

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : सुनसरीमा सुरक्षा अवस्था क्रमशः सुधारउन्मुख देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको दायरा घटाएको छ। अब निषेधाज्ञा चार स्थानीय तहमा...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३
राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

साउन १७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

साउन १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    632 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.