सोलुखुम्बु : सोलुखुम्बुमा कुटपिट गरी एक पुरुषको हत्या भएको छ ।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ३ स्थित थाप्रेमा कुटपिटका कारण ५२ वर्षीय ङवाङ शेर्पाको हत्या भएको हो ।
दाउराको विषयमा विवाद हुँदा छिमेकी लिखुपिके गाउँपालिका–१ गोलीका अन्दाजी ४६ वर्षीय पेम्बा तामाङको कुटाइबाट उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न अनुसार तामाङलाई सोलुखुम्बु जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।












Discussion about this post