भोजपुरमा तरकारीको भाउ आकासिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रमा बसेको बैठकले बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाए पछि भोजपुरमा तरकारीको भाउ आकासिएको हो ।
कोरोना संक्रमण फैलिन नदिन हटिया बन्द गर्ने निर्णय भए पछि गोल भेडा टमाटरको मुल्य प्रति केजी २ सय ५० रुँपैयासम्म बढि पुगेको तरकारी व्यावसायीले बताएका छन् ।
विगतका वर्षमा सय रुँपैयासम्म गोलभेडाको मुल्य पुगे पनि यो वर्ष अच्चकाली बढेको छ । सङ्कट भन्दा पहिला भारत र तराईका जिल्लाबाट तरकारी ल्याउदा प्रति केजी ३० देखि ४० रुपैयामा गोलभेडा बिक्री हुने गरेको थियो ।
यस्तै आलु, प्याज, कोभी, सिमी, खुर्सानी लगाएतका तरकारी तथा फलफुलको भाउ पनि मंहगो भएको छ । जिल्लामा अहिले आलु ८० र प्याज ७० रुँपैया प्रति केजी बिक्रि भैरहेको छ ।
अकबरे खुर्सानी भने प्रति केजी दुई सयमा बिक्रि हुने गरेको व्यापारीहरुले बताएका छन् । यता तरकारीको भाउ आकासिए पनि प्रशासनले भने महङ्गोको विषयमा केही प्रतिक्रिया दिएको छैन ।















Discussion about this post