मोरङ घर भएकी बर्ष १६ बर्षीय बालिकालाई धरान ल्याइ बलात्कार गर्ने मोहमद ईसाद आलमलाइ प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका स्थायी घर भई रामधुनी बस्दैं आएका ४६ बर्षीय आलमलाई प्रहरीले पक्राउ गरेको हो
।आलमले गत साउन २६ गते धरान को एक होटलमा ललाई फकाई गरि जवरजस्ती करणी गर्ने प्रयास गरेका थिए । पिडित बालिकाकी आमाले आइतबार दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
आलमलाई आजै जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्धाको अनुसन्धानका लागि म्याद थप गरि अनुसन्धान कार्य सुरु गरिएको इप्रका धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिएका छन् ।















Discussion about this post