ताप्लेजुङ : ताप्लेजुङमा करेन्ट लागेर १० वटा पशुचौपाया मरेका छन् ।
जिल्लाको मेरिङदेन गाउपालिका–१ थिङलावुको थुङथाप खवागु नजिकमा स्थानीय विजय लिम्बू एभेङका एक हल गोरु, एउटा बाच्छो, एउटा गाई, एउटा खसी र पाँचवटा बाख्रा बिजुलीको पोलकै छेउमा करेन्ट लागेर मरेका हुन् ।
पशुचौपाया पुगेपछि बिजुलीको पोलमा आगो लागेको थियो ।
तारको इन्सुलेटर फुटेर विद्युत् प्रवाह भइरहेको तार पोलमा टासिएको र पोलमार्फत जमीनमा करेन्ट प्रवाह भई पशुचौपायामा क्षति पुगेको अनुमान गरिएको छ ।
बिजुलीको तार झरेका कारण गत वैशाख ८ गते बिहान ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेका चारजना तीर्थयात्रीकोसमेत मृत्यु भएको थियो ।














Discussion about this post