Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘लोकतन्त्रमा प्रगति भएपनि नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा प्रश्न उठ्यो’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १४, २०८२
in समाचार
0
‘लोकतन्त्रमा प्रगति भएपनि नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा प्रश्न उठ्यो’
60
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रपछि उल्लेख्य विकास र प्रगति भएको बताएका छन् ।

उनले बुधवार (आज) कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रमा प्रगति व्यापक भएपनि नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा प्रश्न उठ्ने गरेको बताए।

उनले भने, ‘हामीले काम गरेका छौं । राजस्व ४८ सालको भन्दा ११७ गुणा वृद्धि भएको छ। खाद्यान्नको उत्पादन पनि उत्तिकै वृद्धि छ, व्यक्तिगत आय पनि बढेको छ, तर असन्तुष्टि चुलिएको छ। यसको मूल कारण हाम्रो आचरण हो ।’

संविधान संशोधन गरेर मात्र नहुने भन्दै नेतृत्वमा रहेका पात्र, प्रवृत्ति र आचरणमा नै समस्या रहेकाले यसलाई सुधार गरेर गएमा निराशा हट्ने उनको जिकिर थियो ।

कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उल्लेख्य प्रगति गरेको र यसलाई आम जनतामा बुझाउनुपर्ने बताए । उनले अहिले नेतृत्वको कार्यशैली र ढाँचामा प्रश्न उठेको बताए ।

उनले भने, ‘राजनीतिक धरातल, दार्शनिक धरातल कुनै पनि धरातलले नेपालमा राजतन्त्र स्थापना हुँदैन । यसमा कोही लाग्नुको औचित्य छैन यसको बहस पनि निरर्थक छ।’

अहिलेका मूल राजनीतिक दलहरूले आफ्ना कमजोरीहरू जनतासमक्ष राख्दै जनताको हितमा काम गर्नुपर्ने कार्कीले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री डा. मीनेन्द्र रिजालले भने, ‘सबै विकासलाई हेर्ने हो भने विश्वका अरू धेरै मुलुकभन्दा हामीले मानवीय विकासमा छिटो प्रगति गरेका छौं।’

नेता रिजालले २०४८ साल यताका मानवीय विकासमा साक्षरता, सडक निर्माण, प्रतिव्यक्ति आयु, सुत्केरी महिलाको मृत्युदरमा गरिएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।

उनले सहमतिका साथ अहिले अगाडि बढ्नुपर्ने बेलामा त्यो अनुसार काम नभएपछि जनतामा निराशा बढेको चर्चा गर्दै दलहरूबीच सहमति र निराशालाई चिर्ने खालको काम गरेर जानुपर्ने बताए ।

नेकपा माओवादीका नेता हरिबोल गजुरेलले नैतिकता र इमान्दारिताको खाँचो रहेको उल्लेख गरे ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उल्लेख्य प्रगतिका बावजुद पनि गणतन्त्रमाथि प्रहार भएकाले त्यसका विविध पक्षमा आम नागरिकमा प्रकाश पार्नको लागि यो कार्यक्रम गरिएको जानकारी दिए ।

कोशी प्रदेश सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने सन्दर्भमा आज गणतन्त्रको अवसर सम्भावना का विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

Tags: प्रदीप ज्ञवालीलोकतन्त्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीका किसानलाई रोपाइँको चटारो
विविध

निरन्तर वर्षापछि झापामा धान रोपाइँ उत्साहजनक

by रासस
साउन ६, २०८३
0

झापा : नेपालको प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा हालसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान...

विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ
FEATURE BREAKING

विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरस्थित एक घरमा प्रहरीले छापा मारेर अवैध हतियार र लागूऔषध बरामद गरेको छ। घटनामा संलग्न...

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची भन्सारको राजस्व उकालो, एक वर्षमा १७ अर्ब ६७ करोड उठ्यो

साउन ६, २०८३
आज जननायक वीपी कोइरालाको ३९ औँ स्मृति दिवस

आज बीपी स्मृति दिवस

साउन ६, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीका किसानलाई रोपाइँको चटारो

निरन्तर वर्षापछि झापामा धान रोपाइँ उत्साहजनक

साउन ६, २०८३
विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ

विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ

साउन ६, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची भन्सारको राजस्व उकालो, एक वर्षमा १७ अर्ब ६७ करोड उठ्यो

साउन ६, २०८३
आज जननायक वीपी कोइरालाको ३९ औँ स्मृति दिवस

आज बीपी स्मृति दिवस

साउन ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    442 shares
    Share 177 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.