इटहरी : इटहरी उपमहानगरपालिका ६ स्थित पश्चिम टेम्पु स्टेण्ड नजिकैबाट चोरी भएको मोटरसाइकल र लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
होटल अगाडि पार्किङ गरेको स्थानीय जितबहादुर घिमिरेको प्रदेश १-०२-०५३ प १९६५ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो ।
प्रहरीलाई जानकारी आएपछि खोजतलासमा खटिएको प्रहरी टोलीले इटहरी १८ स्थितबाट मोटरसाइकल चोरीमा संलग्न इटहरी ९ का २३ वर्षीय संगम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचको क्रममा श्रेष्ठको साथबाट लागूऔषध ब्राउनसुगर दुई सय मिलिग्राम प्रहरीले बरामद गरेको छ ।
चोरीमा संलग्न श्रेष्ठको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post