मोरङ्गको ग्रामथान गाउँपालिकामा गए राती आगलागी हुँदा घरकै एक व्यक्ति घाइते हुनुका साथै लाखौको धनजनको क्षति भएको छ ।
तिर्थराज रिजालको भान्सा कोठामा बिधुतको लाइन सर्ट हुदा आगलागी भएको हो । आगलागि भएपछि स्थानियबासीहरु जुटेर आगोलाई नियन्त्रण गर्न प्रयास गरे पनि केहि समय पछि बिराटनगर र सुन्दरहरैंचाको बारुण यन्त्रले आगोलाइ नियन्त्रणमा लिएको थियो ।।
आगलागि हुदा गोठबाट गाइ निकाल्ने क्रममा तिर्थराज रिजाल घाइते भएका परिवारले बताएको छ ।
उनलाइ उपचारका लागि नोबेल मेडिकल अस्पताल बिराटनगर लगिएको ग्रामथान इलाका प्रहरीले जानकारी दिएको छ।
भान्छा कोठा र गोठमा पूर्णक्षति पुगेको खाद्दनका समाग्री जलेर नष्ट भएको छ पछि स्थानिय, प्रहरीको सक्रियता समयमै जुटेपछि थप क्षति हुन नपाएको प्रहरीले बताएको छ । ।















Discussion about this post