इटहरी : इटहरी १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीलाई एक दिने उद्घोषण तथा माइन्युट लेखन तालिम गरेको छ ।
विद्यालयले विद्यार्थीहरूको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा व्यवहारिक अभ्यास लेखनका लागि तालिम आयोजना गरेको हो ।
तालिममा कक्षा ७ देखि १० सम्मका ३५ जना विद्यार्थीसहित विभिन्न विधाका ६ जना संयोजक शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो ।
तालिम समापन समारोह विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको अध्यक्षमा भएको थियो । सो क्रममा उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्न तालिमले सहयोग गर्ने उनले बताए ।
विद्यार्थीहरूलाई सबै क्षेत्रमा अब्बल बनाउन विभिन्न खालका तालिम दिने सन्दर्भमा वार्षिक कार्यक्रम अनुसार उद्घोषण कला र माइन्यूट लेखन गरिएको बस्नेतले बताए ।
विद्यालयका सहायक प्रधानाध्यापकद्धय लक्ष्मी सुवेदी र यमुना बस्नेत, शिक्षक रोवनराज कार्की तथा सुशीला काफ्लेले बोलेकी थिइन् । कार्यक्रमका वक्ताले विद्यार्थीहरूले सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे ।
तालिममा पत्रकार अमर खड्का, स्मारिका राई तथा राष्ट्रिय माध्यमिक विद्यालय अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक युवराज काफ्लेले सहजीकरण गरेका थिए ।












Discussion about this post