Sunday, July 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ८, २०८२
in टाकुरा विशेष, समाचार
0
धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’
120
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवादका कारण आइतबार बोलाइएको कार्यपालिका बैठक १५ मिनेटमै स्थगित भएको छ।

उपमेयर बेघासहित २० वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले प्रक्रिया नपुर्‍याई बैठक डाकिएको भन्दै लिखित आपत्ति जनाएपछि बैठक अघि नबढाई स्थगित गरिएको हो।

उनीहरूले बजेटको सिलिङ निर्धारण र बजेट पेससम्बन्धी सबै प्रक्रिया पूरा गरेर मात्र बैठक बोलाउनुपर्ने माग गरेका छन्।

उपमेयर नेतृत्वको टोलीले मेयर साम्पाङलाई बुझाएको पत्रमा स्पष्ट रूपमा कानुनी प्रक्रिया पालना गर्न आग्रह गरिएको छ।

आगामी आर्थिक वर्ष २०८२।८३ का लागि बजेट पेस गर्नुपर्ने सम्पूर्ण दायित्व मेयरकै भएको उल्लेख गर्दै बेघाले प्रक्रिया मिचेर बैठक बोलाउनु गैरजिम्मेवार भएको आरोप लगाए।

केही दिनअघि मेयर र उपमेयरले एक अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएका थिए । खासगरी श्रमदानको नाममा मेयर साम्पाङले उपमहानगरबाट बजेट भुक्तानी गर्न माग गर्दा उपमेयर बेघाले हस्ताक्षर गरेका थिएनन् ।

सोकारण दुवै पक्षका समर्थकहरूले उपमहानगरको कार्यालय क्षेत्रमै प्रदर्शन गर्दा कार्यालय परिसर नै तनावग्रस्त बनेको थियो।

धरान–१६ स्थित बहुभाषिक विद्यालयको ग्याबिन पर्खाल निर्माणमा प्रयोग गरिएको जालीको भुक्तानीसम्बन्धी विषयले नै विवाद उत्कर्षमा पुगेको छ ।

दुवै पक्षको विवादले कार्यपालिका बैठक अवरुद्ध भएपछि असार १० भित्र बजेट पारित गर्ने संवैधानिक समयसीमा प्रभावित हुने देखिएको छ।

बैठक स्थगित भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘बैठक बस्न सकेन ! कसैलाई के को चासो, कसैलाई के को चासो ! मन नमिलेपछि हामी यस्तै त हो नि हो ब्रो !’

Tags: #धरान#धरान उपमहानगरपालिकाटाकुरा विशेषहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद
समाचार

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८३
0

इनरुवा : सुनसरी प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका करिब आठ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरी टोली...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु
समाचार

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८३
0

मोरङ : मोरङको धनपालथान गाउँपालिकामा साथीसँग खेल्न गएकी एक १२ वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। शनिबार दिउँसो धनपालथान...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा १०८ ग्राम ब्राउनसुगरसहित एक पुरुष पक्राउ

साउन ९, २०८३
१ अर्ब ३१ करोडको भ्याट छली प्रकरणमा विराटनगरका व्यवसायी सौरभ बियानी कारागार चलान

विराटनगर : ६० हजारभन्दा बढी करदाता, तर लक्ष्यअनुसार राजस्व उठेन

साउन ९, २०८३
मोरङमा बेपत्ता भएको चार घण्टामै बालिका मृत भेटिइन्, हत्या भएको प्रहरीको आशंका

मोरङमा बेपत्ता भएको चार घण्टामै बालिका मृत भेटिइन्, हत्या भएको प्रहरीको आशंका

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा १०८ ग्राम ब्राउनसुगरसहित एक पुरुष पक्राउ

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1108 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.