माउण्ट एभरेष्ट वाइनरीको उत्पादन ‘प्रिन्सेस’वाइन अब बजारमा आउँने भएको छ । धनकुटाबाट उत्पादित किबीको फलबाट बनेको वाईन लकडाउनकै बीच अब केहि समयमै बजारमा लौजाने तयारी गरेको हो ।
पूर्वी पहाडी जिल्ला धनकुटामा उत्पादन भएको किबी फल सँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरेका छौं,’ कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले भने ।
केहि दिनमै नेपालको प्रमुख सहरहरु सँगै नेपाली बजारमा वाइन र्पुयाउन लागिएको बास्तोलाले बताएका छन् ।
उत्पादनको काम सबै सकिएको र बजारमा लौजान मात्र बाँकी रहेको बास्तोला बताउँछन । लकडाउनको कारण हामीले उत्पादन गरेको वाईन बजारमा लौजान सकेको थिईनौ अब केहि दिन मै हामी वाईन बजारमा लौजादै छौ उनले भने । नेपाली युवा युवतीलाई लक्षित गरि उत्पादन गरेको वाईन अन्य वाईन भन्दा फरक रहेको कम्पनीले बताएको छ ।
किबी र धनकुटामै उत्पादन भएको फलफूल बाट बनाइएको अर्गानिक प्रिन्सेस वाईनको पूर्वी नेपालको बजार बिराटनगर इटहरी धरान बिर्तामोड सँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रसम्म बजार बिस्तार तीब्र बनाउने कम्पनीले जनाएको छ ।
नेपालको प्रमुख सहरहरुमा व्यापार केन्द्रित गर्दै जापान सम्म लौजाने तयारीमा रहेको कम्पनिले बताएको छ ।
धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएसँगै स्थानीय कृषक लाभान्वित भएका छन् ।रातो र सेतो वाईन बजारमा लौजाने तयारी भएको कम्पनीका अध्यक्ष हरेराम साहले बताए ।
हाम्रो वाईन नेपाली युवा यवतीले मात्र नभई विदेशीले पनि मन पराउँछ उनी बताउछन् ।
पहाडी क्षेत्रमा उत्पादित सबै आर्गनिक फलफूललाई पहिलो प्राथमिकता दिएर उत्पादन गरेको वाईनको बजारमा लौजाने अन्तिम तयारी भइसकेको कम्पनीले जनाएको छ ।
लकडाउनको कारण उत्पादन भएको वाईन बजार सम्म पुर्याउन केहि ढिला भएको भन्दै तत्काल बजार लौजाने तयारी कम्पनिले बताएको छ ।















Discussion about this post