Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि चेतना र सहभागिता अपरिहार्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २३, २०८२
in समाचार
0
झापामा हात्तीको आक्रमणबाट एक वृद्धको निधन

तस्बिर स्रोत : एआई ।

63
SHARES
Share on FacebookShare on Twitter

झापा : गत बिहीबार बिर्तामोड–७ फक्तालुङमा शौचालय जान निस्किएको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट आँगनमै ज्यान गयो । अचानक आएको हात्तीले किच्दा घटनास्थलमा नै लिम्बूको मृत्यु भएको थियो ।

यसैगरी गत जेठ २० गते कमल–३ रतुवामाई वृक्षरोपणका क्रममा जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भयो । हात्तीले विद्युत् पोलमा धक्का दिँदा उसलाई करेन्ट लागेको थियो । हात्तीको घटनास्थलमा नै ज्यान गयो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत भरतबाबु श्रेष्ठले विगत १७ वर्षमा यहाँ जङ्गली हात्तीको आक्रमणमा परी ७४ जनाले ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार २०६२ सालदेखि हालसम्ममा प्राकृतिक रूपले २५ वटा हात्तीको ज्यान गएको छ ।

भारतको पश्चिम बङ्गालबाट बर्सेनि जङ्गली हात्तीहरू झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्छन् । ती हात्तीहरु झापा, मोरङ र सुनसरीका वन क्षेत्रमा रहेर पुनः भारत  फर्किने गरेको प्रमुख अधिकृत श्रेष्ठले बताए ।

“पछिल्लो समय मानिसहरुको अत्यधिक चापले गर्दा वन क्षेत्रको विनाश हुन गई हात्तीलगायत वन्यजन्तुको बासस्थान सङ्कुचन हुन गएकाले हात्तीको जीवन अत्यन्त सङ्कटग्रस्त अवस्थामा रहेको छ,” उनले भने ।

डिभिजन वन झापाका अनुसार २५ देखि ३० को सङ्ख्यामा रैथानी जङ्गली हात्ती बाह्रै महिना यही क्षेत्रमा रहने गरेका छन् ।

मुख्य रुपमा जङ्गली हात्तीको खानाको उपलब्धता र विचरणमा समस्या आएका कारणबाट मानिस र जङ्गली हात्तीको बीचमा द्वन्द्व सृजना भएको छ । स्थानीयको व्यवहारले हात्ती–मानव द्वन्द्व झन् चर्किएको प्रमुख श्रेष्ठले उल्लेख गरे ।

हात्ती गाउँमा प्रवेश गरेपछि स्थानीयले साइरन बजाउने, पटका पड्काउने, हल्लाखल्ला गर्ने, हात्तीलाई चारैतिरबाट घेर्ने आदि क्रियाकलापले हात्ती झनै उत्तेजित हुने र दुर्घटनाको सम्भावना बढ्ने गरेको उनले बताए ।

यस प्रकारका क्रियाकलाप रोक्न वनकर्मी र सुरक्षाकर्मीको साथमा संयमता अपनाउनु जरुरी रहेको उनको भनाइ छ ।

द्वन्द्व न्यूनीकरणको प्रयास

सहभागितामूलक पद्धतिको अवलम्बन गर्दै वन उपभोक्त समूहमार्फत स्थानीय डिभिजन वन कार्यालहरुबाट हात्तीको प्राकृतिक बासस्थान संरक्षण र संवद्र्धन गर्ने गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

जसअनुसार हात्तीले मनपराउने वनस्पतिहरुको संरक्षण गर्ने, आउटेङ्गाका प्रजातिहरु वनस्पति रोपण गर्ने, हात्तीलाई पानी पिउन तथा पौडी खेल्नका लागि बासस्थान सुधारअन्तर्गत वन क्षेत्रभित्र नै पानीको पोखरी अर्थात् आहाल निर्माण गर्नेलगायत क्रियाकलाप गरिएको छ ।

यसैगरी वन क्षेत्र र मानव बस्ती तथा खेतबारीको बीचमा हात्ती छेक्ने तारबार निर्माण, जङ्गली हात्तीबाट हुनसक्ने जनधनको क्षति र मानवीय गतिविधिका कारण हात्तीमा हुने क्षति न्यूनीकरण गर्न गाउँ, टोल, समुदायस्तरमा युवा जनशक्ति सङ्गठित गरिएको, दश पशु चिकित्सक, वन प्राविधिक र सशस्त्र वनरक्षकसहितको दुत्र प्रतिकार्य टिम गठन गरी परिचालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा हात्तीबाट कुल दुई करोड एक हजार ९८८ बराबरको क्षति भएको छ ।

जुन रकम मानिस मृत्यु, मानिस घाइते, घरगोठ क्षति, अन्नबाली क्षति र भण्डारण गरेको अन्न क्षतिका लागि राहतस्वरुप उपलब्ध गराइएको हो ।

उक्त रमकमध्ये वन निर्देशनालयबाट एक करोड ३० लाख आठ हजार ४२३ र बाँकी रु ६९ लाख ९३ हजार ५६५ डिभिजन वन कार्यालयबाट विनियोजन भएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

डिभिजन वनका पशु चिकित्सक डा. सोनाम भालका अनुसार मृतकका परिवारलाई जनही १० लाख, घाइतेलाई अवस्था हेरी दुई लाखसम्म, जीवनभर अशक्त भएको अवस्थामा पाँच लाखसम्म, अन्नबाली तथा भण्डारणमा क्षति भएमा बढीमा १० हजारसम्म र घर गोठ भत्केको अवस्थामा अधिकतम २० हजारसम्म डिभिजन वनले राहत उपलब्ध गराउँदै आएको बताए ।

झापालगायत तराईका वन क्षेत्रमा हात्तीको बासस्थान सङ्कुचन, मानव बस्तीको विस्तार र जनचापका कारण जङ्गली हात्ती र मानवबीचको द्वन्द्व बढ्दो रहेको जनाइएको छ ।

वन क्षेत्रको संरक्षण, मानव–हात्ती सहअस्तित्वमा आधारित चेतना अभिवृद्धि, वैज्ञानिक व्यवस्थापन र स्थानीयको सहभागिता मात्रै यो समस्या न्यूनीकरण गर्न सकिने प्रमुख वन अधिकृत श्रेष्ठको भनाइ छ ।

Tags: #रासस#हात्तीमावन–हात्ती द्वन्द्व
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
FEATURE BREAKING

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु...

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म
FEATURE BREAKING

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ। घटनाको...

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

जेष्ठ २२, २०८३
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1502 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    612 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.