मोरङ : मोरङमा अटो रिक्साको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
प्र १–०२–००३ ह ३५९५ नम्बरको अटोको ठक्करबाट पैदलयात्री मिक्लाजुङ गाउँपालिका– ६ का ५२ वर्षीय अमृत मगरको मृत्यु भएको हो ।
घर नजिकै बाटोमा लडिरहेको अवस्थामा आफन्तले फेला पारी उनलाई विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने अटो चालक मिक्लाजुङ गाउँपालिका– ६ का २५ वर्षीय रोशन लिम्बु फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post