सङ्खुवासभा : २१ वर्षअघि भएको हत्या घटनामा संलग्न भई फरार रहेका अभियुक्त शम्शेरबहादुर तामाङ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार तामाङलाई चैनपुर नगरपालिका–९ खाम्लिङस्थित घर नजिकैबाट पक्राउ गरिएको हो।
भोजपुर जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणमा तामाङ संलग्न रहेको पुष्टि भएको थियो।
उक्त घटना २०६१ साल चैत २२ गते खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट चैनपुर नगरपालिका–११ सातटारेतर्फ जाँदै गर्दा भएको थियो।
हत्या लगत्तै फरार भएका तामाङलाई पुनरावेदन अदालत धनकुटाले २०६९ असार १७ गते दुई वर्ष कैद सजाय सुनाएको थियो। तर, उनी लामो समयसम्म फरार रहँदै आएका थिए।
प्रहरीका अनुसार घटनामा हालसम्म तीन जना अभियुक्त पक्राउ परिसकेका छन्।














Discussion about this post