Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीमा बीपी स्मृति दिवस : पराजुलीको सम्बोधन, हाजिरीजवाफ प्रतियोगितामा राष्ट्रिय मावि प्रथम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८२
in विविध, समाचार
0
इटहरीमा बीपी स्मृति दिवस : पराजुलीको सम्बोधन, हाजिरीजवाफ प्रतियोगितामा राष्ट्रिय मावि प्रथम
106
SHARES
Share on FacebookShare on Twitter

इटहरी : महामानव तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा इटहरीमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।

नेपाली कांग्रेस इटहरी उपमहानगर समितिद्वारा आयोजित प्रतियोगितामा विश्व आदर्श कलेज र एडुटेक कलेज क्रमशः द्धितीय र तृतीय भए ।

इटहरी उपमहानगरपालिका अन्तर्गतका १९ वटा विद्यालय सहभागी प्रतियोगितामा विजेता विद्यालयहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

पहिलो स्थान हासिल गरेको राष्ट्रिय माविले १० हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त विश्व आदर्शले ७ हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त एडुटेक कलेजले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे ।

मंगलबार (आज) उद्योग वाणिज्य संघको सभाहलमा कांग्रेस इटहरीका कार्यवाहक सभापति कोबिदजंग कार्कीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कांग्रेस सुनसरीका उपसभापति नगेशचन्द्र राई, महाधिवेशन प्रतिनिधि विकास केसीलगायतले बोलेका थिए भने बीपी कोइरालाले गरेको योगदानबारे नाट्यकर्मी प्रज्वल पराजुलीले मन्तव्य राखेका थिए ।

नाट्यकर्मी एवम् कवि पराजुलीले बोल्दै बीपीलाई प्रथम जननिर्वाचित प्रधानमन्त्री भनेर मात्रै नपुग्ने र उनलाई आम मानिसले पढ्नुपर्ने बताए ।

बीपीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अत्यन्तै ठूलो योगदान गरेको उनले उल्लेख गरे ।

‘बीपीले अनेकौं कथा, उपन्यास र निबन्ध लेख्नुभएको छ,’ पराजुलीले भने, ‘आज बीपीको भौतिक शरीर नरहेपनि उहाँका सिर्जनाका कारण सधैँ जीवित हुनुहुन्छ । बीपीलाई कांग्रेस, कम्युनिस्टले मात्रै होइन, प्रत्येक विद्यार्थीले पढ्नुपर्छ, प्रत्येक मानिसले पढ्नुपर्छ ।’

बीपीले नेपाली परिवेशमा समाजवादलाई लागू गर्ने सपना देखेको स्मरण गर्दै पराजुलीले बीपीको योगदानको चर्चा गरेर नै नसकिने उदृत गरे ।

खासगरी मंगलबार कांग्रेस सुनसरीले १२ जिल्लाका १२ वटै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरी बीपीलाई स्मरण गरेको जनाएको छ ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसविश्वेश्वरप्रसाद कोइरालावीपी कोइरालास्मृति दिवस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवनस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ। टायर पञ्चर भई...

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.