इटहरी : उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी उप–महानगरपालिकाको नगर अधिवेशन तत्काल रोक्न अन्तरिम आदेश दिएको छ।
रास्वपाका निलम्बित नगर अध्यक्ष विष्णुबहादुर बस्नेतको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले आगामी साउन १० गतेका लागि तोकिएको अधिवेशन स्थगित गर्ने अन्तरिम आदेश दिएको हो।
रास्वपाको केन्द्रीय अनुशासन आयोगले गत असार ८ गते बस्नेतलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध बस्नेतले अदालतमा रिट दर्ता गरेका थिए।
अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा दुवै पक्षको उपस्थितिमा छलफल आवश्यक देखिएको भन्दै साउन १२ गतेका लागि अर्को पेशी तोकेको छ।












Discussion about this post