Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८२
in टाकुरा विशेष, समाचार
0
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
81
SHARES
Share on FacebookShare on Twitter

इटहरी : लागूऔषधविरूद्ध कोशी प्रदेश प्रहरीले थालेको कडा निगरानी अभियानमा एक वर्षमै झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा आएका छन्।

लागूऔषधले सामाजिक अपराध बढाइरहेको निष्कर्षसँगै कोशी प्रहरीले एक वर्षको अवधिमा एक हजार ९८५ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलकाअनुसार लागूऔषधको प्रयोगका कारण समाजमा अपराध बढ्दै गएको छ ।

खासगरी हत्या, लुटपाट, चोरी लगायतका विभिन्न प्रकारका आपराधिक घटना बढ्ने सम्भावना रहेकाले यसको प्रयोग तथा ओसारपसारलाई नियन्त्रण तथा निरुत्साहित गरी सामाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरी सवल रहेको उनले दाबी गरे।

प्रवक्ता पोखरेलकाअनुसार अनुसार अभियान अन्तर्गत मुख्य लोकमार्ग, भित्री सडक, सीमावर्ती क्षेत्र, सशंकित स्थान तथा सवारीसाधनमा निगरानी बढाइएको छ। सीमा नाकामा कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ भने ठूलो मात्रामा लागूऔषध ओसारपसारमा संलग्न समूहलाई गोली प्रयोग गरेर पनि नियन्त्रणमा लिएको जनाएको छ।

खासगरी आर्थिक वर्ष २०८१।०८२ मा कोशी प्रदेशको झापाबाट मात्रै१ ग्राम ५६० मिलिग्राम चरेश, २ किलो ८८२ ग्राम ४६८ मिलिग्राम ब्राउनसुगर, मनोसामाग्री चक्की/क्याप्सुल ६३ हजार ५६० थान र एम्पुल ३९ थान बरामद गरिएको छ ।

यसैगरी मोरङमा १ किलो ७७० ग्राम ८३ मिलिग्राम ब्राउनसुगर, विभिन्न मनोसामाग्री औषधी ८० हजार ९२३ वटा चक्की र क्याप्सुल, एम्पुल १ हजार ४८५ थान बरामद गरिएको प्रहरीको अभिलेखमा रहेको छ ।

यता, जिल्ला प्रहरी कार्यालय सुनसरीले चरेश २ ग्राम २८ मिलिग्राम, ७२८ ग्राम ५३९ मिलिग्राम ब्राउनसुगर, विभिन्न मनोसामाग्री औषधी ४ लाख २८ हजार ६८३, चक्की, क्याप्सुल, एम्पुल ३१८ थान बरामद गरेको छ ।

‘चेकजाँचमा कडाई भएकै कारण मलद्वार तथा शरीरको विभिन्न भागमा लुकाएर लागूऔषध ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ,’ पोखरेलले भने, ‘ठूलो परिमाणमा लागूऔषधको कारोबारी गर्ने गिरोहलाई गोली प्रहार नै गरेर पनि नियन्त्रणमा लिइएको छ ।’

लागूऔषधको प्रयोग, बेचबिखन तथा ओसारपसारमा संलग्न रहेका व्यक्ति ‘कि जेलमा, कि सुधार गृहमा’ भन्ने उद्देश्यका साथ कोशी प्रदेशमा बढ्दो लागूऔषधको प्रयोग, वेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रहरी प्रतिवद्ध रहेको जनाइएको छ ।

पछिल्लो समय लागूऔषध प्रयोकर्ता बढ्दै गएको र त्यसले समाजमा आपराधिक गतिविधि हुनसक्ने प्रहरीको निष्कर्ष छ ।

लागूऔषधको प्रयोग तथा ओसारपसार कानूनद्वारा बर्जित कार्य रहेको थाहा हुँदाहुँदै पनि कतिपय प्रयोकर्ता लहलहैमा लागेर फसिरहेको प्रहरीको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरीका डीआईजी ईश्वर कार्की बताउँछन् ।

‘लागूऔषधको प्रयोग गर्नु कानुनद्धारा बर्जित हो भन्ने अधिकांश मानिसलाई थाहा छ । तर, साथीभाइको लहलहैमा, अज्ञानताको कारण, उत्सुकता जागेर, पारिवारिक तनावलगायतका कारणले यसमा युवापुस्ता फसिरहेका छन्,’ डीआईजी कार्कीले भने, ‘विभिन्न बहाना बनाएर आफ्नो मनलाई स्थिर राख्न नसकेकै कारण अधिक मानिस लागूपदार्थ दुव्र्यसनमा फसिरहेका छन् ।’

खासगरी सीमा क्षेत्रबाट ब्राउनसुगर, ट्याब्लेट, क्याप्सुलजस्ता लागूपदार्थ भित्रिने गरेको र कोशी प्रदेशका पहाडी जिल्लाबाट गाँजाको कारोबार हुने गरेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

Tags: #पक्राउ#प्रहरी#लागूऔषधकोसी प्रदेशटाकुरा विशेषनेपाल प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
FEATURE BREAKING

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी  : धरान उपमहानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका
विविध

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

by रासस
बैशाख ६, २०८३
0

इलाम : सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ। अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी...

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

बैशाख ६, २०८३
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३
इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1295 shares
    Share 518 Tweet 324
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.