इटहरी : कोशी प्रदेश प्रहरी प्रमुखको उपस्थितिमा सम्पन्न कार्यसम्पादन समीक्षा कार्यक्रममा पाँचथर जिल्ला प्रहरी कार्यालयलाई सर्वोत्कृष्ट घोषित गरिएको छ।
आर्थिक वर्ष २०८१।८२ का लागि भएको वार्षिक कार्य सम्पादन सम्झौता बमोजिम पाँचथरले शतप्रतिशत लक्ष्य हासिल गरेको हो।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो।
प्रदेशअन्तर्गतका सम्पूर्ण प्रहरी कार्यालय प्रमुखहरूले गत श्रावणदेखि असार मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरले कार्यसम्पादन सम्झौता बमोजिम शतप्रतिशत लक्ष्य हासिल गरेकाले यस वर्षको सर्वोत्कृष्ट कार्यालयको रूपमा घोषणा गरिएको हो।
डीआईजी कार्कीले पाँचथर प्रहरी प्रमुख कौशल कुमार बुढाथोकीलाई प्रशंसा पत्रसहित बधाई तथा आगामी दिनमा समेत उत्कृष्ट कार्य निरन्तर गर्न शुभकामना दिएका थिए।
कार्यक्रमका क्रममा कार्कीले जिल्ला प्रहरी प्रमुखहरूलाई नागरिकमैत्री सेवा प्रवाहमा अझ गम्भीर र रचनात्मक बन्न निर्देशन दिएका थिए।
उनले २४ सै घण्टा नागरिक सेवामा तत्पर रहनुपर्ने उल्लेख गर्दै कार्यसम्पादन सम्झौताअनुसार तोकिएका लक्ष्यहरू समयमै पूरा गर्न आह्वान गरे।














Discussion about this post