Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा ८० लाख घोटाला : अदालतले रिट खारेज गरेपछि प्रअ तिम्सिनाले ‘स्वास्थ्य कारण’ देखाउँदै दिए राजीनामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८२
in टाकुरा विशेष, समाचार
0
इटहरीमा ८० लाख घोटाला : अदालतले रिट खारेज गरेपछि प्रअ तिम्सिनाले ‘स्वास्थ्य कारण’ देखाउँदै दिए राजीनामा
407
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी–१४ स्थित श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले झण्डै ८० लाख रुपैयाँ घोटालाको आरोप लागेपछि करिब एक वर्षसम्म पदमा रहँदै अन्ततः राजीनामा दिएका छन्।

उनले ‘स्वास्थ्य कारण’ देखाउँदै राजीनामा दिएका हुन्।

आर्थिक वर्ष २०७९।८० मा शिक्षक तलब शीर्षकमा इटहरी उपमहानगरले उक्त विद्यालयलाई पठाउनु पर्ने ८ लाख ७३ हजारको सट्टा ७८ लाख ६३ हजार रुपैयाँ बढी भुक्तानी दिएको थियो।

आर्थिक वर्ष २०७९।८० मा शिक्षकको तलब शीर्षकको बजेटमा इटहरी उपमहानगरले विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम भुक्तानी गर्नुपर्ने थियो। तर उपमहानगरबाट ७८ लाख ६३ हजार रुपैयाँ बढी भुक्तानी भयो।

८,७३,६८३ रुपैयाँ निकासा हुनुपर्नेमा एउटा ६ बढी थिचिएका कारण सो रकम बढी गएको उपमहानगरले दाबी गर्दै आएको छ।

विद्यालयको खाता २२२०१००००१३९६०१ नम्बरमा संघीय सरकारको बजेटबाट उक्त रकम जम्मा भएको थियो। इटहरीका ३६ वटै सामुदायिक विद्यालयलाई उपमहानगरले २०७९ असोज ५ गते राष्ट्रिय वाणिज्य बैँकको खातामार्फत कुल ६ करोड ३० लाख ६१ हजार ६६० रुपैयाँ जम्मा गरेको थियो।

जसमध्ये शान्ति विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने थियो। उपमहानगरबाट भने ७८ लाख ६३ हजार बढी रकम भुक्तानी भयो।

७८ लाख रुपैयाँ सरकारी रकमको चरम दुरुपयोग गरेको २२ महिनासम्म न उपमहानगरले सोधपुछ गर्‍यो, न त प्रधानाध्यापक तिम्सिनाले जानकारी गराए।

तर, आन्तरिक लेखा परीक्षणमार्फत सो रकम घोटाला भएको खुलेपछि समाचार बाहिरियो। तर, कारबाहीको सट्टा, उपमहानगरका कर्मचारी र जनप्रतिनिधिको संरक्षणमा तिम्सिनाले आफ्नो पद जोगाइरहे।

राजनीतिक आड र शक्ति प्रदर्शन

तिम्सिना नेकपा एकीकृत निकट प्रगतिशील राष्ट्रिय शिक्षक संगठनमा आबद्ध छन् । उनी शिक्षक महासंघको केन्द्रीय सदस्यसमेत हुन्।

शिक्षक नेताका रूपमा परिचित तिम्सिनाले स्वास्थ्य कारण देखाएर दिएको राजीनामा आइतबार (साउन ११ गते) मात्रै सार्वजनिक भएको हो। ‘मेरो स्वास्थ्यको कारणले गर्दा यही मिति २०८२।०४।०१ गतेदेखि लागू हुनेगरी प्रधानाध्यापक पदबाट राजीनामा दिएको छु,’ उनले पत्रमा उल्लेख गरेका छन्।

असार ३२ गते राजीनामा दिएपनि साउन ७ गते मात्रै विद्यालय व्यवस्थापन समितिको बैठक बसेर राजीनामा स्वीकृत गरेको हो।

रकम घोटाला गरेपछि तिम्सिनो सबै पैसा हर्जनासहित बुझाएको भन्दै उनलाई उपमहानगरले उन्मुक्ति दिइएको थियो

०८१ साउन ७ र १४ गते दुई किस्तामा ७–७ लाख र साउन ३० गते ६४ लाख ६५ हजार तथा ७ लाख ८६ हजार रुपैयाँ उपमहानगरलाई फिर्ता गरिएको हो। फिर्ता गरेकै भरमा उनलाई कारबाही नहुने निर्णय गरियो । जुन घोटालालाई वैधानिकता दिने प्रयासजस्तो देखिने जानकारहरू बताउँछन्।

यसअघि विद्यालय व्यवस्थापन समितिले उनलाई पदमुक्त गरे पनि तिम्सिनाले उच्च अदालत विराटनगरबाट अन्तरिम आदेश ल्याएर पुनः पदमा फर्किएका थिए। तर, पछिल्लो पटक अदालतले रिट खारेज गरेपछि उनले राजीनामा दिएका हुन्।

राजीनामा स्वीकृत भएपछि अहिले सुस्मिता नेपाललाई निमित्त प्रअ तोकिएको छ । स्थायी नियुक्तिका लागि उपमहानगरसँग समन्वय भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्तुल मियाँले जनाए।

‘बैठकबाट प्रअ तिम्सिनाकाे राजीनामा स्वीकृत गरी इटहरी उपमहानगरलाई पत्र पठाइसकिएको छ,’ मियाँले भने, ‘अहिले नयाँ प्रअ नियुक्त भइसक्नुभएको छैन, अब इटहरी उपमहानगरसँग समन्वय गरी प्रअ नियुक्त हुन्छ।’

Tags: #इटहरीकमल तिम्सिनाटाकुरा विशेषराजीनामा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य
विविध

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८३
0

धान उत्पादनमा प्रख्यात मानिने ओखलढुङ्गाको रामपुरटारमा खेत रोपाइँ सकिएपछि ड्रोनबाट देखिएको दृश्य । जिल्लामा धान लगाउने तीन हजार ८०३ हेक्टर...

विविध

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

by रासस
साउन २७, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको...

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३
कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

साउन २७, २०८३
आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

साउन २७, २०८३
ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.