इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–७, हात्तीगौडेका ५० वर्षीय कुमार विष्टको रूखबाट लडेर मृत्यु भएको छ।
उनी बिहीबार कौशिका सामुदायिक वनमा घाँस काट्ने क्रममा कुसुमको रूखबाट खसेका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो। अस्पतालमा बाहिरी चोट देखिएन पनि भनेपनि अवस्था गम्भीर रहेको बताइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ। पोस्टमार्टमपछि परिवारले शव बुझेर लगेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।












Discussion about this post