धरान : धरान उपमहानगरपालिका–२० स्थित सिरिसेबास हिले खोलामा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले २४ किलोग्रामभन्दा बढी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेका दुईवटा मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–८ जलारा बस्ने ३२ वर्षीय वीरेन राई र सोही गाउँपालिका–८ खुडी बस्ने ३८ वर्षीय मोहन राई रहेका छन्।
वीरेनको साथबाट १३.११५ किलोग्राम (तेह्र किलोग्राम एक सय पन्ध्र ग्राम) र मोहन राईको साथबाट ११.१०५ किलोग्राम (एघार किलोग्राम एक सय पाँच ग्राम) गाँजा फेला परेको प्रहरीले जनाएको छ।
वीरेन को ३८ प २६९६ नम्बरको मोटरसाइकल र मोहन प्र–१–०२–०५२ प ९६५७ नम्बरको मोटरसाइकलमा सवार थिए। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।














Discussion about this post