Thursday, August 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रदेश सरकारको नाम प्रचलनमा स्पष्टता : अब “कोशी प्रदेश सरकार, विराटनगर नेपाल” लेखिने (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८२
in समाचार
0
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
84
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारले आधिकारिक पत्राचार, कागजात र सरकारी सञ्चारमा कोशी प्रदेश सरकार, विराटनगर नेपाल लेखिने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम प्रचलनमा स्पष्टता ल्याउने उद्देश्यले यो निर्णय गरेको हो।

यसअघि “प्रदेश सरकार, कोशी प्रदेश, विराटनगर” भन्ने ढाँचा प्रयोगमा रहँदै आएकोमा अबदेखि त्यसको सट्टा “कोशी प्रदेश सरकार, विराटनगर नेपाल” लेख्नुपर्नेछ।

निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले यसलाई अनिवार्य रूपमा लागू गरिने बताए।

मन्त्रिपरिषद्ले प्रदेश सरकारी सेवामा कार्यरत अस्थायी दरबन्दीमा रहेका कर्मचारीहरूको दरबन्दी स्वीकृति दिने निर्णय पनि गरेको छ।

यो निर्णयले लामो समयदेखि करारमा कार्यरत कर्मचारीहरूको अवस्था प्रष्ट पार्ने विश्वास गरिएको छ।

सरकारले प्रदेशको सरकारी कामकाजमा प्रयोग हुने भाषासम्बन्धी विधेयक तयार गरी प्रदेश सभामा पेश गर्ने निर्णयसमेत गरेको छ।

मन्त्री भण्डारीका अनुसार विधेयक पारित भएपछि लिम्बु भाषा र मैथिली भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने बाटो खुल्नेछ। “यसले प्रदेशको बहुभाषिक पहिचानलाई संस्थागत गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छ,” उनले बताए।

त्यस्तै, कोशी प्रदेशको तथ्यांक व्यवस्थापनसम्बन्धी विधेयकलाई प्रदेश मामिला समितिबाट परिमार्जन गरी प्रदेश सभामा पेश गर्ने निर्णय गरिएको छ। साथै, प्रदेश स्वास्थ्य नीति २०८२ लाई स्वीकृति दिइएको छ।

शैक्षिक परामर्श तथा भाषा कक्षा सञ्चालनसम्बन्धी अर्को विधेयक पनि प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए।

भिडियो

Tags: कोसी प्रदेशमन्त्रिपरिषद्मन्त्रिपरिषद् बैठक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
FEATURE BREAKING

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

by टाकुरा न्यूज । इटहरी
साउन २१, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–९ भद्र टोलमा किशोर मृत फेला परेको घटनामा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा दर्ता भएको छ।...

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव
FEATURE BREAKING

बजारमा खाना पकाउने ग्यासको हाहाकार, उपभोक्ता सास्तीमा

by टाकुरा न्यूज । इटहरी
साउन २१, २०८३
0

इटहरी : कोशी प्रदेशसहित देशैभरका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि उपभोक्ता सास्तीमा परेका छन्। ग्यास डिलर तथा...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

साउन २१, २०८३
राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

साउन २१, २०८३
सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर

सम्बन्धविच्छेदमा सहमतिको बाटो रोज्दै दम्पती, झापामा ६० प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रबाट समाधान

साउन २१, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

साउन २१, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

बजारमा खाना पकाउने ग्यासको हाहाकार, उपभोक्ता सास्तीमा

साउन २१, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

साउन २१, २०८३
राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

साउन २१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1111 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    602 shares
    Share 241 Tweet 151
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.