इटहरी : सुनसरीको कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर नजिक नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ निवासी २६ वर्षीय राजेश कुमार रजक र हनुमान–१ निवासी २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।
प्रहरीका अनुसार पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैयाँ एक हजार दरका ३८ थान नक्कली नोट बरामद भएको छ ।
नक्कली नोटसहित मोटरसाइकल समेत नियन्त्रणमा लिई दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले नक्कली नोट कहाँबाट ल्याइएको भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।












Discussion about this post