Tuesday, September 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेश सरकारद्वारा लिम्बू र मैथिली भाषालाई आधिकारिक मान्यता दिने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८२
in समाचार
0
कोशी प्रदेश सरकारद्वारा लिम्बू र मैथिली भाषालाई आधिकारिक मान्यता दिने तयारी
66
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रूपमा लिम्बू र मैथिली भाषालाई व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरेर अगाडि वढाएको छ ।

प्रदेशमा बहुसङ्ख्यक जनताले बोल्ने मैथिली र लिम्बू (सिरिजङ्गा लिपिमा लेखिने लिम्ब/याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कायम गर्न नेपालको संविधानको धारण ७ को उपधारा (२) मा व्यवस्था भए बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न कोशी प्रदेश सभामा  विधेयक दर्ता गरिएको हो ।

प्रदेश सभामा दर्ता भएको गैरसरकारी विधेयक बिहीबार (आज) अस्वीकृत भएको छ। यो अस्वीकृत भएसँगै सरकारले दर्ता गरेको विधेयक अब छलफलमा जाने र यसै अधिवेशनमा पास गरेर यसलाई कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशभित्र बोलिने राष्ट्र भाषाको संरक्षण, प्रवर्द्धन तथा विकास  गर्न सरकार कटिवद्ध रहेको बताए ।

उनले २०८२ कात्तिक २५ गते राष्ट्रिय विभूति फाल्गुननन्द लिङ्देनको जन्मयन्तीको अवसर पारेर सरकारको कामकाजको भाषामा रूपमा लिम्बू र मैथिली भाषा प्रयोग गर्ने योजना सरकारको रहेको बताए ।

मुख्यमन्त्री कार्कीले सरकारले कामकाजको भाषाको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार तथा स्थानीय तहले कार्यक्रम तथा बजेटको व्यवस्था गरिने जानकारी दिए ।

सरकारी कामकाजको भाषाको प्रयोग 

विधेयकमा कार्यालयले सरकारी कामकाजको सिलसिलामा सरकारी कामकाजको भाषा अनुवाद गर्न वा प्रयोग गर्ने व्यवस्था मिलाउने, प्रदेश सरकारले प्रदेश सभामा विधेयक पेश गर्दा सरकारी कामकाजका भाषामा समेत अनुवादित प्रति पेश गर्ने,सरकारले नेपाली भाषाका अतिरिक्त सरकारी कामकाजको भाषामा समेत प्रदेश राजपत्र प्रकाशन गर्ने व्यवस्था मिलाउने, कार्यालयले पत्राचार र सार्वजनिक सूचना प्रकाशन गर्दा कागजातको शीर्ष भागमा सरकारी कामकाजको भाषामा नाम र सम्वत् समेत उल्लेख गर्नेछ ।

यस्तै प्रदेश सरकारले शिक्षा, साहित्य, भाषा, कला र सञ्चार सम्बन्धी कार्यक्रम, अध्ययन र अनुसन्धान मार्फत सरकारी कामकाजको भाषाका अतिरिक्त अन्य राष्ट्रभाषाको संरक्षण र प्रवद्र्धन गर्नेछ।

सरकारी  कामकाज भाषाका अतिरिक्त अन्य राष्ट्र भाषाको संरक्षण र विकासका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्य गर्नेछ ।

सरकारले प्रदेशभित्र बोलिने सबै राष्ट्रभाषामा उच्च शिक्षासम्म अध्ययन, अध्यापनको व्यवस्था गर्नेछ ।

प्रदेश सरकारले सरकारी कामकाजको भाषाको अतिरिक्त अन्य राष्ट्र भाषा समेत संरक्षण र प्रवर्द्धन र विकासका लागि एक तिहाई महिलासहित बढीमा ११ जना विज्ञहरू सम्मिलित रहेको विज्ञ समूहको गठन गर्नेछ ।

प्रदेश सरकारले सरकारी कामकाजको भाषामा लेखिएका सरकारी कागजपत्र वा कुनै सरोकारवाला व्यक्तिले दिने निवेदन वा पत्र सूचीकृत अनुवादकले अनुवाद गर्ने व्यवस्था  गरिएको छ।

कार्यालयले सरकारी काम काजको भाषामा सेवाग्राहीले देख्ने र वुझने गरी कार्यालय परिसरमा नागरिक वडापत्र वा सूचनापाटी राख्नुपर्ने छ।

कार्यालयले आफ्नो साइन वोर्डमा सरकारी कामकाजको भाषाको लिपीमा समेत कार्यालयको नाम उल्लेख गर्नुपर्ने छ।

सरकारी कामकाजको भाषाको प्रयोग तथा सेवा प्रवाहको प्रभावकारीताको अध्ययन गर्न अनुगमन समिति गठन गरी समितिको प्रतिवेदनको आधारमा प्रत्येक पाँच वर्षमा सरकारी कामकाजको भाषाको प्रयोग सम्बन्धमा पुनरावलोकन  गरिनेछ।

Tags: कोसी प्रदेशभाषा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन
FEATURE BREAKING

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

by रासस
अशोज ५, २०८३
0

सुनसरी : सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्।...

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु
FEATURE BREAKING

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहा र नेपाली शेर्पा गाइड फुरसेम्बा...

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३
माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

अशोज ५, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

अशोज ५, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

अशोज ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

अशोज ५, २०८३
कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

अशोज ५, २०८३
मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

अशोज ५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    308 shares
    Share 123 Tweet 77

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.