तरहरा : इटहरी उपमहानगरपालिका–२० नवीन भिलेजबाट एक महिलालाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी तरहराबाट खटिएको टोलीले खोटाङको च्यानडाँडा–८ घर मा बस्दै आएकी ३८ वर्षीया निर्मला राईलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ट्रामाडोल ५० पिस र डिकोलिक ५० पिस फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित महिला र बरामद लागूऔषधलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post