इटहरी : इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा शुक्रबार साँझ आगलागी भएको छ ।
क्याम्पसको पुरानो कार्यालयको कोठा नं. १०५ मा रहेको बिजुलीको सम्पूर्ण तारहरु रहेको स्थानबाट आगलागी भएको हो ।
आगलागीलाई तत्काल बारुण यन्त्रको साहयताले नियन्त्रणमा लिइएको क्याम्पस सञ्चालक समितिका सदस्य शेखर लुईटेलले बताए ।
उनका अनुसार क्याम्पस सुरक्षा गार्डले तत्काल आगो लागेको थाहा पाएपछि तत्काल वारुण यन्त्र झिकाएर आगो नियन्त्रणमा आएको हो ।
‘आगो लाग्ने वित्तिकै जानकारी पाएपछि ठूलो क्षति हुन पाएन,’ उनले भने, ‘बेलैमा नियन्त्रणमा लिन सफल भएकाले गर्दा खासै क्षती भने हुन पाएन ।’














Discussion about this post