भोजपुरमा तीन जनामा कोरोना भाईरसको देखिएको छ ।
भोजपुरको हतुवागढी गाउपालिकाका तिन जनामा बुधवार कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएर अरुण गाउँपालिकाको वडा नम्बर ६ जरायोटार स्थित होल्डिङ एरियामा बसेका उनिहरुको पीसिआर रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताएका छन् ।
संक्रमित हुनेमा दुई जना ४० वर्षका र एक जना ३० वर्षका पुरुष रहेका छन् । उनिहरु तिनै जना भारतिय सेनामा कार्यरत रहेको प्रमुख जिल्ला अधिकारी जानकारी दिएका छन् ।
संक्रमित भएकाहरुलाई भोजपुर नगरपालिका ६ देउरालीमा रहेको आइसोलेसन सेन्टरमा राखिएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताएका छन् ।
बुधवार संक्रमित भएका ३ जनाको देउराली आईसोलेसन उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।















Discussion about this post