Tuesday, September 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अब को किसान ?

दिनेश पाैडेल by दिनेश पाैडेल
भदौ २१, २०८२
in टाकुरा विशेष, विचार
0
अब को किसान ?
87
SHARES
Share on FacebookShare on Twitter

आमा भन्नुहुन्थ्यो– ‘बाबू, गाई नभएको घर हुँदैन, तुलसीको मठ नभएको घर हुँदैन ।’

हिजोका हुन् ती कुरा । अरू देश र जातिका कुरै छाडौँ हाम्रै सहरहरूमा गाई पाल्न नसक्ने, गाईगोठ नहुने, आँगन नहुने अनि आँगनमा तुलसीको मठ बनाउन ठाउँ नै नहुने घर पनि कति छन् कति अचेल । अब त गाउँघरमा पनि थुप्रै डेरावाल परिवार छन् जससित गाई छैन, गमलामा बाहेक तुलसीको मठ राख्ने ठाउँ छैन ।

समय परिवर्तन भयो । हाम्रो परिस्थितिमा फेरबदल भयो ।

यस देशको राजनीतिक इतिहासमा बिपी एक ‘शिखरपुरुष’ थिए । उनले देखेको ‘सपना’ नै आजका राजनीतिक दलहरूको सपना रहेको देखिन्छ । उनले सपना देखेका थिए– हरेक परिवारको एक हल गोरु होस् । चार बिघा खेत होस् । एउटा दुहुनु गाई होस् । घर होस् ।

उनले सुदूर भविष्यका लागि कल्पना गरेको आदर्श परिवार यही हो । गरिबीले गाउँलाई मानवोचित जीवन नदिएका बेला यति सपना पनि क्रान्तिकारी कुरा हुन्थ्यो सायद ।

अबको कृषिमा व्यावसायिकता नल्याउने हो भने हाम्रो कृषि पनि टिक्नेवाला छैन । उद्योग र औद्योगिक उत्पादनमा हाम्रो परनिर्भरता त छँदै छ, अब कृषिमा पनि परनिर्भरता बढ्दै गएको देखिन्छ । यसको एकमात्र समाधान कृषि विश्वविद्यालय र कलेजहरूबाट उत्पादित जनशक्तिलाई जमिन ठूलाठूला चाक्लाबन्दी बनाएर सुम्पनु मात्र हो । जमिनको बढ्दो खण्डीकरण तुरुन्त रोकेर चाक्लाबन्दीतर्फ जान ढिलो भइसक्यो ।

तर म अहिले देख्छु : यस्तो निर्बाहमुखी सपना पाल्नेहरू पो हाम्रा ‘राजनेता’ रहेछन् । यस्तै छोटो दृष्टि भएकाहरू हाम्रा ‘दार्शनिक’ रहेछन् । यस्ता अदूरदर्शी सोच र साना सपनाले यस देशलाई कहिले उँभो लगाउला ? बिचरा बिपी । बिचरा हामी ।

मलाई कवि मनु मन्जिलको कविता ‘घोडा’को पटकपटक सम्झना आउँछ– घोडाले स्वर्गको कल्पना गर्र्दा पनि तबेलासहितको गर्छ । परिकल्पना गर्दैखेरि पुरातनपन्थी अविकसित समाजको निर्माणको परिकल्पना गर्नेहरू नै नेता, हाम्रा आदर्श नायक ! हामीले घोडाभन्दा गतिलो नेता कहिले पाउने ?

हामीले कहिले हजारौँ हेक्टरमा आधुनिक तरिकाले खेती गर्ने किसानको कल्पना गर्ने ? कहिले हजारौँ गाई पाल्ने पशुपालकको कल्पना गर्ने ? कहिले कृषिविज्ञ कृषिमन्त्री पाउने ? सबैभन्दा क्रान्तिकारी भनेर आफूलाई चिनाउने नयाँनयाँ कम्युनिस्ट पार्टीका कृषि–नीति सुन्दा मलाई लागेर आउँछ– यस देशको कुनै भविष्य छैन । जति क्रान्तिकारी भने पनि मोहियानी हक, जमिन जोत्नेको जस्ता अविकसित र सामन्ती युगका सुधारवादी सोच पालेर नयाँ युगसँग हामी प्रतिस्पर्धा गर्न सक्छौँ ?

अब देश चिन्ने चेत भएका नेता चाहियो । अब विश्व बुझ्ने बुता भएका नेता चाहियो । विश्वको अर्थतन्त्र बुझ्ने सामथ्र्य चाहियो हाम्रा नीतिनिर्मातामा । एसईई पास नगरेकाहरूलाई राजनीतिमा वडाभन्दा माथिल्लो तहमा राजनीति गर्न दिनुभएन । 

म ठान्छु अबको कृषि नीतिले कृषि विषयका विज्ञ भई व्यवस्थापन—कुशलता हासिल गरेका योग्य मानिसलाई पुँजी, कृषि सामग्री, बजार, श्रम अनि सुरक्षा उपलब्ध गराएर ठूलाठूला खेती गराउनुप¥यो ।

निरक्षर, अनपढ र एक भुँडी भातको मात्र सपना देख्नेहरूलाई कृषि क्षेत्रको व्यवस्थापनबाट विस्थापन गरी श्रमको काममा मात्र लगाउनुप¥यो ।

नब्बे-पन्चान्नब्बे प्रतिशत भूमि हाम्रा अशिक्षित किसानको कब्जामा छ, जमिन तिनबाट सक्षम र योग्य मानिसको हातमा नसारुन्जेल नेपालको कृषि कहिल्यै उँभो लाग्दैन । उत्पादन चाहियो, पहिले उत्पादन चाहियो ।

असी प्रतिशत नागरिक कृषिकर्ममा छन् तर यही देशले पन्चानब्बे प्रतिशत कागती भारतबाट मगाउनुपर्छ । स्याउ र अङ्गुरको हिसाब झन् भयानक छ । फलफूल, तरकारी, चिनी र चिया मात्र होइन हामी मरमसला, लसुनप्याज र चामल-पीठोमा पनि परनिर्भर भएका छौँ, किन ? कारण हाम्रो परम्परागत निर्बाहमुखी कृषिनीति हो ।

यो नीति बदलेनौँ भने हाम्रो उत्पादनखर्च बढेको बढ्यै हुनेछ, उत्पादकत्व घटेको घट्यै हुनेछ ।

यता हाम्रा खेतबारी बाँझिँदै जानेछन् र उता अर्जेन्टिनामा फलेको मुरली मकै, भारतमा फलेको चामल-पीठो र थाइल्यान्डको वनमा उम्रने थाकलको खरेटाले हाम्रा किसानको उत्पादनलाई विस्थापन गर्दै जानेछ ।

राम्ररी हेरौँ त, शतप्रतिशत समय कृषिमा लगाउने किसान नै आफूलाई वर्ष दिन पुग्ने अन्न फलाउन सक्तैनन् । किनभने हाम्रा यी किसानमा आधुनिक कृषिप्रणाली, बीउबीजन, मलखाद, कृषिसामग्री र कीटनाशक औषधिको चेतना छैन, माटोसम्बन्धी ज्ञान छैन । हजारौँ वर्ष पुरानो कृषि प्रविधि र ज्ञानको भरमा परम्परागत तरिकाले खेती गर्ने तिनै अशिक्षित र अयोग्य किसानलाई देशभरिको भएभरको खेत सम्पूर्ण अधिकारसहित सुम्पन खोज्ने राजनीतिक दलहरू देशघाती हुन् ।

अबको कृषिमा व्यावसायिकता नल्याउने हो भने हाम्रो कृषि पनि टिक्नेवाला छैन । उद्योग र औद्योगिक उत्पादनमा हाम्रो परनिर्भरता त छँदै छ, अब कृषिमा पनि परनिर्भरता बढ्दै गएको देखिन्छ । यसको एकमात्र समाधान कृषि विश्वविद्यालय र कलेजहरूबाट उत्पादित जनशक्तिलाई जमिन ठूलाठूला चाक्लाबन्दी बनाएर सुम्पनु मात्र हो । जमिनको बढ्दो खण्डीकरण तुरुन्त रोकेर चाक्लाबन्दीतर्फ जान ढिलो भइसक्यो ।

अब देश चिन्ने चेत भएका नेता चाहियो । अब विश्व बुझ्ने बुता भएका नेता चाहियो । विश्वको अर्थतन्त्र बुझ्ने सामथ्र्य चाहियो हाम्रा नीतिनिर्मातामा । एसईई पास नगरेकाहरूलाई राजनीतिमा वडाभन्दा माथिल्लो तहमा राजनीति गर्न दिनुभएन ।

कुनै पार्टीको केन्द्रीय सदस्य हुन कुनै विषयमा स्नातक गरेको र केन्द्रीय अध्यक्ष, महामन्त्री वा महासचिव हुन अर्थशास्त्र, इतिहास, समाजशास्त्र, भूगोल, नागरिकशास्त्र, राजनीतिशास्त्रजस्ता राजनीतिसँग सम्बन्ध राख्ने कुनै विषयमा एमए गर्नैपर्ने नियम हुनुप¥यो । यस देशको प्रधानमन्त्री हुन त्यस्ता विषयमा एमए भईकन आफ्नो विषयमा कम्तीमा एउटा गतिलो पुस्तक प्रकाशित गरेकै हुनुपर्ने कानुनी प्रावधान राख्नुप¥यो ।

मन्त्रालय हेर्ने मन्त्री सम्बन्धित विषयको विज्ञ हुनुप¥यो । आठदस कक्षामा फेल भएर राजनीति गर्न थालेका छट्टू, चण्डाल र षड्यन्त्रकारी तस्करका मतियारहरूलाई दलको महत्त्वपूर्ण जिम्मेवारीबाट मुक्त गर्नुप¥यो ।

कम्प्युटर निरक्षरलाई दलको नीतिनिर्माण तहबाट मुक्त गर्नुप¥यो । यस्तो कुरामा वचनबद्ध दललाई जनताले चुनावमा जिताउनुप¥यो । अझ मुख्य कुरा, देशको साँच्चै माया गर्ने, सक्षम, योग्य र कल्पनाशील नेता छान्नुपर्यो । सब ठीक हुँदै जान्छ ।

Tags: #विचारटाकुरा विशेषदिनेश पौडेल
दिनेश पाैडेल

दिनेश पाैडेल

दिनेश पौडेल पूर्वशिक्षक हुन् । उपन्यासकार र कुशल कृतिसम्पादक समेत रहेका उनको “कुशल अभिभावक : सफल छोराछोरी” नामको अभिभावक शिक्षासम्बन्धी कृति प्रकाशन छ ।

Related Posts

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा
टाकुरा विशेष

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

by अर्जुन उप्रेती
अशोज ४, २०८३
0

नेपालको हिमाल हाम्रो पहिचान मात्र होइन, यहाँका नदी, खानेपानी, कृषि, ऊर्जा, पर्यटन र लाखौँ मानिसको जीवनको आधार पनि हो ।...

मुखौटाभित्रको मान्छे  (कविता)
कला साहित्य

मुखौटाभित्रको मान्छे (कविता)

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

पहिरिएर ​काँचको मुस्कान भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती संसारले उभ्याएको अग्लो पर्खालभित्र ! ​अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर हिँडिरहेछ...

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

अशोज ५, २०८३
कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

अशोज ५, २०८३
मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

अशोज ५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    308 shares
    Share 123 Tweet 77

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.